site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
उपेन्द्रको नजरमा कांग्रेस थङ्थिलो, एमाले पतनको बाटोमा

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले प्रमुख राजनीतिक दलहरुप्रतिको आफ्नो धारणा सार्वजनिक गरेको छ ।  अध्यक्ष उपेन्द्र यादवले जनकपुरमा जारी महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिक दस्तावेजमा दलहरुप्रतिको हेराइ उल्लेख छ । 

कांग्रेस : प्रतिपक्षीको भूमिका समेत निर्वाह गर्न नसक्ने गरी थङ्थिलो 

जसपाले प्रमुख दल नेपाली कांग्रेस आफ्नै असमक्षता र अकमन्र्यताबाट थिचिएको निष्कर्ष निकालेको छ । कांग्रेस प्रमुख प्रतिपक्षीको भूमिका समेत निर्वाह गर्न नसक्ने गरी थङ्थिलो भएको प्रतिवेदनमा उल्लेख छ । 

“आज कांग्रेस आफ्नै असक्षमता, अकर्मण्यता र नालायकीको भारले थिचिएको छ । प्रमुख प्रतिपक्षको भूमिकासमेत राम्ररी निभाउन नसक्ने गरी थङथिलो भएको छ । तथापि यो पार्टीको देशभरि फैलिएको संगठन र परम्परागत जनमत छ ,” प्रतिवेदनमा भनिएको छ, “वैकल्पिक लोकतान्त्रिक तथा समाजवादी दलको अभावमा राजावादी र कम्युनिस्टलाई भोट दिन नचाहने जनमतले यो पार्टीलाई भोट दिँदै आएको छ ।” 

कांग्रेस उदारवादी लोकतान्त्रिक शक्ति भएकाले लोकतन्त्र, राष्ट्रियता र विकासको सवालमा पार्टीले सहकार्य गर्न सक्ने जनाइएको छ । 

एमाले : फेरि उठ्न नसक्ने गरी पतनको दिशामा 

जसपाले कम्युनिष्ट पार्टीहरु उठ्नै नसक्ने गरी पतनको दिशामा लागेको ठम्याइ प्रस्तुत गरेको हो ।  सत्ताको ठूलो घटक एमालेको व्यवहारले केही वर्षमै उठ्नै नसक्ने गरी पतन हुन लागेको विज्ञप्तिमा जनाइएको छ । 

“दार्शनिक, वैचारिक रूपमा अन्योलग्रस्त र नैतिक रूपमा स्खलित भइसकेको पार्टी संगठनात्मक रूपमा मात्र लामो समय बलियो भइरहन सक्दैन । आउँदा केही वर्ष वा दशकभित्र कम्युनिस्ट पार्टीहरू भविष्यमा फेरि उठ्न नसक्ने गरी पतनको दिशामा अभिमुख छ,” उपेन्द्रले भनेका छन्, “एमालेको राजनीतिक व्यवहार र सञ्चालन गरिरहेको सरकारले यही कुरा पुष्टि गर्दछ । कम्युनिस्ट पार्टीका ठूल्ठूला नेताहरू भ्रष्टाचार, कमिसनतन्त्र तथा नैतिक पतनको घटनामा लज्जास्पद ढंगले उदाङ्गिदै छन् । आर्थिक क्षेत्रमा उदारवाद, नवउदारवादी नीतिलाई नै निरन्तरता दिइरहेको छ ।” 

जसपाले कम्युनिस्टहरुले निर्दलीय व्यवस्थाका पञ्चहरू भन्दा पनि तल्लोस्तरका क्रियाकलाप र चरित्रको प्रदर्शन गरिरहेको आरोप लगाएको छ ।  कम्युनिस्ट समर्थक र तल्लो तहका इमान्दार कार्यकर्तालाई प्रशिक्षित गर्दै ध्रुवीकृत गर्ने प्रयास गर्ने जनाइएको छ । 
 

प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  १२:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro