राजनीति

काठमाडौं । सरकारले चालु अधिवेशन अन्त्यको सिफारिस गर्ने निर्णय गरेको छ ।
सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
मंगलबार राति १२ बजेदेखि लागु हुनेगरी संसद्को चालु अधिवेशन अन्त्य गर्ने निर्णय भएको हो । सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य गर्ने संवैधानिक व्यवस्थाअनुसार सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
प्रकाशित मिति: सोमबार, चैत १८, २०८१ २२:५५
प्रतिक्रिया दिनुहोस्