site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
त्रि–चन्द्रको स्ववियु निर्वाचन मंगलबार बिहान ८ बजे

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको त्रि–चन्द्र बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन समितिले मंगलबार (चैत १९)को बिहान ८ः०० बजेबाट स्ववियु निर्वाचन सुरु हुने जानकारी दिएको छ । 

निर्वाचन अधिकृत डा. अंगदमणि गौतमले जारी गरेको सूचनामा निर्वाचन समिति र विद्यार्थी प्रतिनिधिबीचको छलफलबाट उक्त निर्णय भएको बताएका छन् । 

निर्वाचनलाई स्वच्छ र पारदर्शी बनाउने सन्दर्भमा विभिन्न सहमति भएको गौतमले उल्लेख गरेका छन् । गौतमले अध्यक्षका उम्मेदवारहरूले आठवटा मतदान केन्द्रका लागि प्रत्येक मतदान केन्द्रमा १ । १ जना मतदान प्रतिनिधि रहने गरी मंगलबार बिहान ७ः०० बजेसम्म प्रतिनिधिको एक प्रति फोटो र मतदाता क्रमसंख्या उपलब्ध गराउन अनुरोध गरेका छन् । 

सहमतिका बुँदा यस्ता छन् 

१. क्याम्पसबाट वितरित विद्यार्थी परिचयपत्रका विषयमा विवाद उत्पन्न हुनसक्ने भएकाले भर्ना रसिद र नेपाल सरकारको अन्य आधिकारिक परिचय खुल्ने फोटोसहितको परिचय पत्रको आधारमा मात्र मतदान गराइने ।

२. मतदान कार्य बिहान ८ः०० बजेदेखि सुरु हुने र अपराह्न ४ः०० बजेसम्म लाइनमा बसेका मतदातालाई मतदानमा सहभागी गराइने ।

३. मतदानको क्रममा विवाद उत्पन्न भएमा छानबिन गरी उपयुक्त निकास दिइने ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १८, २०८१  २२:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro