site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वाग्मती प्रदेश मन्त्रिपरिषद् बैठक : विधेयक मस्यौदाको लागि स्वीकृति

काठमाडौं । वाग्मती प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश नीति तथा योजना आयोगको गठन तथा सञ्चालनको लागि विधेयक मस्यौदा तयार गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको बैठकले प्रदेश समपूरक अनुदानसम्बन्धी कार्यविधि २०८१ लाई स्वीकृति प्रदान गरिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।

बैठकले प्रदेशको कामकाजको भाषा ऐन कार्यान्वयन भएको दिन, गाईजात्रा, चेपाङ समुदायको न्वागी र माझी समुदायको लदी पर्वको सन्दर्भमा विसं २०८२ मा थप चार दिन सार्वजनिक बिदा थप्ने निर्णय गरिएको पनि उनले बताए । साथै, भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालय प्रमुख राजु श्रेष्ठलाई बढीमा ६ महिनाका लागि कायममुकायम भइ काम गर्ने गरी जिम्मेवारी दिने निर्णय गरिएको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १८, २०८१  २२:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro