site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सफा हिमाल अभियान : ११ टन फोहोरसहित चारवटा मानव शव र एउटा अस्थिपञ्जर संकलन

काठमाडौं । सफा हिमाल अभियान–२०२४ अन्तर्गत ११ टन फोहोर, चारवटा मानव शव र एउटा अस्थिपञ्जर संकलन गरिएको छ । बुधबार नेपाली सेनाले काठमाडौंमा समापन समारोहको आयोजना गर्दै यसबारे जानकारी गराएको हो ।

समापन समारोहमा प्रधानसेनापति प्रभुराम शर्माले प्रतिकूल मौसम तथा विषम परिस्थितिका बाबजुद ५५ दिनसम्म अभियान सञ्चालन गरिएको जानकारी दिए ।

Dabur Nepal
NIC Asia

उनले अभियानको सञ्चालनपूर्व र सञ्चालनपछि भएका केही उपलब्धिहरूले अन्तर्राष्ट्रियरूपमा नेपाली जनताले प्रकृति तथा पर्यावरण संरक्षण सम्बन्धमा जनाएको प्रतिबद्धताप्रति पनि इंगित गरेको बताए ।

प्रधानसेनापति शर्माले झन्डै एक लाख फौज भएको देशले १० हजार फौजलाई वातावरण संरक्षणमा प्रयोग गर्नु उदाहरणीय काम भएको बताए । प्राकृतिक संरक्षण कार्यमा सेना खटाउने कुरा बिरलै देशमा मात्रै हुने गरेको उनको भनाइ छ ।

सफा हिमाल अभियानले आवश्यक पर्दा उच्च हिमाली क्षेत्रमा हुन सक्ने विपद् तथा अन्य अवस्थामा परिचालन हुनुपरे नेपाली सेनालाई तालिम पनि दिएको उनले बताए । प्रधानसेनापति शर्माले धेरैजसो हिमालहरू अहिले पग्लिने चरणमा रहेको बताए ।

नेपाली सेनाले गएको चैत २९ गतेदेखि अभियानको चलाएको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  १७:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro