site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सगरमाथा आरोहण गर्न टाँगिएको डोरी काटिएको भन्दै गलत सूचना दिने पुर्जामाथि छानबिन हुने 
फाइल तस्बिर ।

काठमाडौं । संंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले सगरमाथा आरोही निर्मल पुर्जामाथि छानबिन प्रक्रिया अघि बढाएको छ । 

पुर्जाले सगरमाथा आरोहण गर्न टाँगिएको डोरी काटिएको र आरोहणमा समस्या भएको भन्ने अभिव्यक्ति सामाजिक सञ्जालमार्फत दिएपछि विभागले उनीमाथि छानबिन अघि बढाएको हो । 

Dabur Nepal
NIC Asia

“चर्चित हुने गरी अनाधिकृत सूचना सम्प्रेषण गर्ने कार्यमा संलग्न निज पुर्जा र अन्य व्यक्तिहरू उपर छानबिनको प्रक्रिया अघि बढाइएको व्यहोरा सबैको जानकारीका लागि अनुरोध छ,” विभागले सोमबार जारी विज्ञप्तिमा भनेको छ । 

पुर्जाले यही जेठ १३ गते सामाजिक सञ्जाल इन्स्टाग्राममा सन् २०२४ को वसन्त ऋतुमा सगरमाथा आरोहणका क्रममा टाँगिएको डोरीको बाल्कोनी र साउथ समिट बीचको भाग काटिएको र आरोहणमा समस्या भएको पोष्ट गरेका थिए । 

पुर्जाले रेडियो सेटमा पिक प्रमोसन प्रा.लि.का बाबु शेर्पासँग कुरा गर्दै पिक प्रमोसनका शव व्यवस्थापन टोली डोरी नभएको कारणले फर्किनु परेको भन्ने आरोप लगाएकोप्रति गम्भीर ध्यानाकर्षण भएको विभागले जनाएको छ । “निज आरोही पुर्जाले लगाएको उक्त आरोपपछि पनि पायोनियर एडभेन्चर प्रा.लि.को टोलीले आज (सोमबार) बिहान १२ः४५ मा सगरमाथाको सफल आरोहण गरेको र पुर्जाले भने जस्तो उक्त स्थानमा आरोहणको लागि यस सिजनमा टाँगिएको डोरी नकाटिएको र सहज रूपमा आरोहण सम्पन्न भएको जानकारी प्राप्त भएको छ,” विभाले विज्ञप्तिमा भनेको छ ।

यस सम्बन्धमा पर्वतारोहण सञ्चालक संघ नेपालको पनि आकस्मिक बैठक बसेको र टाँगिएको डोरीमा कुनै समस्या नभएको तथा यसले नेपालको पर्वतीय पर्यटनलाई बदनाम गराएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।“यस सिजनमा सगरमाथा आरोहणको सम्पूर्ण अभियान अन्तिम चरणमा पुगेको छ । आरोहण मार्गमा टाँगिएको डोरीको कही कतै पनि समस्या नरहेको जानकारी सम्बन्धित सबैमा प्रेषित गर्दछौँ । आरोहण गर्न बाँकी रहेका सम्पूर्ण आरोहीहरूमा ढुक्कसँग सगरमाथा आरोहण अभियानमा लाग्न हार्दिक अनुरोध पनि गर्न चाहन्छौँ,” विभागले भनेको छ । 

पर्यटन विभाग, सगरमाथा आधार शिविरमा रहेको फिल्ड कार्यालय र सम्पर्क अधिकृतबाट सम्प्रेषित हुने आधिकारिक समाचार बाहेकका भ्रामक सूचना प्रवाह गर्ने र समग्र रूपमा नेपालको पर्वतीय पर्यटन एवम् राष्ट्रको इज्जतमा धक्का पुग्न सक्ने गरी उक्त अफवाहको पछि नलाग्न विभागले अनुरोध गरेको छ ।  

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  १८:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro