site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘मध्यमार्गी बाटो’को विषयमा छलफल गर्न सत्तारूढ दल बस्दै 
फाइल तस्बिर ।
Siddhartha BankSiddhartha Bank
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सहकारीको बचत अपचलन र ठगी प्रकरणमा बन्ने भनिएको संसदीय समितिको कार्यादेश (टीओआर) बनाउन कार्यदल छलफलमा जुट्न लागेका छन् । त्यसका लागि केहीबेरमा बैठक सुरू हुँदैछ । 

कानुन मन्त्रालयमा दिउँसो ३ बजेका लागि बैठक बोलाइएको भए पनि कार्यदलको बैठक अघि सत्तारूढ दलहरू छलफलमा बस्न लागेका हुन् । त्यसपश्चात् मात्र कार्यदलको बैठक बस्ने एक सदस्यले जानकारी दिए । “सुरूमा सत्तारूढ दलको बैठक केही बेर छुट्टै बस्छ । शीर्ष नेताहरूको भनाइअनुसार मध्यमार्गी के हुन सक्छ भनेर छलफल हुन्छ । अनि मात्र कार्यदल बस्ने हो,” ती नेताले भने । 

मंगलबारको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले मध्यमार्गी प्रस्ताव ल्याउन सत्तारूढ दललाई अनुरोध गरेको थियो । कार्यदलमा सत्तारूढ दलहरू गृहमन्त्री रवि लामिछानेको नाम तोक्न तयार छैन भने प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले रविको नाम नतोकिएसम्म टीओआर नमान्ने र समिति गठन नहुने बताइसकेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१  १५:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement