site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रामको मूर्ति बनाउन भारत लगिएको शालिग्राम नेपालले फिर्ता पाउनुपर्छ : वामदेव गौतम
फाइल तस्बिर

काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले भारतको अयोध्यामा रामको मूर्ति बनाउन भनेर लगिएको शालिग्राम नेपालले फिर्ता पाउनुपर्ने बताएका छन् । सोमबार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले नेपालबाट भारतको अयोध्यामा रामको मूर्ति बनाउन लगिएकाे शालिग्रामबाट नै हिरा बन्ने भएकाले भारतले सो सम्पत्ति फिर्ता गर्नुपर्ने बताएका हुन्  ।

उनले हिरा बन्ने २४ टन नेपाली सम्पत्ति बिनासित्तै भारतलाई बुझाउने काम भएकाले फिर्ता हुनुपर्ने बताए । भारतको अयोध्यामा रामको मूर्ति बनाउन भन्दै नेपालबाट विशाल दुईवटा शिला भारत लगिएको थियो । तर, भारतले उक्त शिलाबाट रामको मूर्ति बनाएन । 

सोही शिला नेपालले फिर्ता पाउनुपर्ने गौतमले बताएका हुन् । बैठकमा गौतमले भने, “मैले केही समय पहिला नेपाल राष्ट्रले नेपाललाई ठूलो अत्याचार गर्‍यो, सुनिदिनुपर्‍यो भनेर विभिन्न ठाउँमा भनेको थिएँ । गएको सरकार, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) अन्य कतिपय राजनीतिक पार्टीहरू मिलेर बनेको सरकारको पालामा भारतको अयोध्यामा रामको मन्दिर (रामको मूर्ति) बनाउन उनीहरूले नेपालमा शालिग्राम मागे रे । नेपाल सरकारले धुमधामसित त्यो शालिग्राम उठाएर गाडीमा राखेर अयोध्या लगिदिए । रामको मन्दिर त बनेन । मलाई त्योसँग मतलब छैन । त्यो शालिग्राम के हो ? मैले शालिग्रामबाट नै हिरा बन्छ भनेँ । वैज्ञानिकसँग सम्पर्क गरेँ, मैले बुझेँ । हिरा बन्ने २४ टन नेपाली सम्पत्ति बिनासित्तै भारतलाई बुझाउने काम भयो । त्यो नेपालले फिर्ता पाउनुपर्छ । त्यो हाम्रो सम्पत्ति हो ।”
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १७:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro