site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
वर्णविन्यासको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– भाषाले समाजलाई जोड्नुपर्छ
Siddhartha BankSiddhartha Bank

काठमाडौं । सर्वोच्च अदालतले टिप्पणी आदेशको भरमा वर्णविन्यास परिवर्तन गर्ने तत्कालीन सरकारको निर्णय बदर गरिदिएको छ ।

आइतबार न्यायाधीशद्वय सपनाप्रधान मल्ल र शारंगा सुवेदीको इजलासले गरेको फैसलाको संक्षिप्त पाठ सोमबार सार्वजनिक भएको छ ।

संक्षिप्त पाठमा भाषा नेपाली समाजको 'विविधतामा एकता' ल्याउने माध्यम भएकाले सरकारले गर्ने भाषासम्बन्धी निर्णयले समाजलाई विभाजित गर्न नहुने उल्लेख छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सर्वोच्चले तत्कालीत शिक्षामन्त्री दीनानाथ शर्माले गरेको नेपाली भाषाको वर्णविन्यास परिवर्तन गर्ने निर्णय गैरकानुनी रहेको ठहर गरेको हो ।

सर्वोच्चले नेपाली भाषाको वर्णविन्यास नियम परिवर्तन गर्ने अधिकार पाठ्यक्रम विकास केन्द्रलाई पनि नभएको बताएको छ ।

Global Ime bank

त्रिभुवन विश्वविद्यालयलाई पनि आफ्नो पाठ्यक्रम निर्देशिका बनाउने अधिकार भए पनि व्याकरणका नियम परिवर्तनको अधिकार नराख्ने सर्वोच्चको फैसलामा उल्लेख छ ।

फैसलामा नेपाल प्रज्ञा प्रतिष्ठानलाई भाषा, साहित्य दर्शनसहितका खोज, अध्ययन अनुसन्धान, विचार विमर्श गर्न र गोष्ठी गर्ने र भाषालाई समृद्ध गर्ने अधिकार भए पनि व्याकरणका नियमहरू नै परिवर्तन गर्ने अधिकार नभएको उल्लेख छ । प्रतिष्ठानले विमर्श र संघोष्ठीका निर्णयका नाममा भाषाको व्याकरण, वर्णविन्यास, लेखनशैली आदि परिवर्तन हुन्छ भन्नु भाषा विकासको प्रतिकूल हुन जाने सर्वोच्चको ठहर छ ।

तत्कालीन शिक्षामन्त्री दीनानाथ शर्माले पाठ्यक्रम विकास केन्द्रले तयार पारेको ‘सम्पादन तथा प्रकाशन शैली पुस्तिका’ तत्कालीन सचिव किशोर थापाको सिफारिसमा ०६९ साउन २२ मा स्वीकृत गरेका थिए । मन्त्रीले स्वीकृत गरेपछि साउन २३ मा शैली पुस्तिका लागु गर्न परिपत्र जारी भएको थियो । त्यो शैली पुस्तिका लागु हुने निष्कर्ष प्रज्ञा प्रतिष्ठानले पनि निकालेपछि भाषाविद्हरूले विरोध जनाएका थिए । पछि आफ्नै किताब प्रकाशन गर्दा त्यही नियम लागु भएपछि गलत भएको भन्दै तत्कालीन शिक्षामन्त्री शर्माले गल्ती स्वीकार गरिसकेका छन् ।

तर, त्यसबेलाका निर्णय लागु गर्न नेपाली भाषाका शिक्षकहरूलाई गोष्ठीमा बोलाएर कडाइका साथ लागु गर्न खोजेपछि शिक्षकहरूले समेत विरोध जनाएका थिए । अघिल्लो दिनसम्म पढाउँदै आएको भाषा र व्याकरणका नियम एक्कासि फेर्न लगाएपछि नेपाली भाषाका शिक्षकहरूले विरोध जनाएका थिए । तर, तत्कालीन नेकपा (माअ‍ोवादी)ले भने आफ्नो प्रतिष्ठाका रूपमा त्यसलाई कार्यान्वयनकै अडान लिएको थियो ।

त्यसविरुद्ध पत्रकार टपेन्द्र कार्की र अधिवक्ता स्वागत नेपाल, डा. बलदेव शर्मा अधिकारीसहितले चार रिट दायर गरेका थिए ।

न्यायाधीशद्वय प्रधान र सुवेदीको इजलासले आइतबार कार्की र नेपालको रिट जारी गर्दै डा. अधिकारीको रिट आशिंक जारी हुने र बाँकी दुई रिट खारेज हुने फैसला गरेको हो ।

हेर्नुहोस् के छ संक्षिप्त पाठमा ?

Language-Bhasa-1719232616.jpeg
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १८:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय