site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तेन्जिङ–हिलारी भन्दा अघि कसैले सगरमाथा चढेको थियो ? 
SkywellSkywell

सीएनएन । पर्वतारोहणमा यो एउटा सबैभन्दा ठूलो रहस्य हो  । 

सगरमाथाको पहिलो आरोहण १९५३मा भएको थियो वा दुईजना पर्वतारोहीले रहस्यमय मृत्यु हुनुअघि यसको आरोहण १९२४ मै गरेका थिए ? 

ब्रिटिश पर्वतारोही जर्ज मेलोरी र एन्ड्रियु ‘सान्डी’ इर्भिन पछिल्लोपटक १९२४को जुन ८मा  बादलमा  हराउनुअघि चुचुरोभन्दा ८०० फिट तल देखिएका थिए । त्यसपछि उनीहरु कहिल्यै पनि देखिएनन् ।  जब मेलोरीको शव १९९९ मा फेला प¥यो, एउटा आशा पलाएको थियो– तिनीहरुले सगरमाथा आरोहण गरे नगरेको बारेमा केही तथ्य मिल्नेछ । 

KFC Island Ad
NIC Asia

उनीहरुसँग भएको क्यामेराले शिखरमा पुगेको दृश्य चकित पार्ने गरी कैद गरिएको होला भन्नलाई पनि उनको शरीरमा क्यामेरा थिएन । 

अर्का पर्वतारोही इर्भिनको शव कहिल्यै पनि भेटिएन । तर, अहिले ती मानिसहरु बेपत्ता भएको एक सय वर्ष पुग्न लागेको समयमा एक जना अनुसन्धाताको दाबी छ कि उनले पर्वतारोहण सम्बन्धी एउटा महान रहस्यलाई समाधान गरेका छन् ।  

Royal Enfield Island Ad

आरोहण मौसम रिपोर्टको अनुसन्धान अनुसार लेखक ग्राहम होयल्यान्डको विश्वास छ– उनले त्यो जोडीलाई के भएको थियो भन्नेबारेमा केही काम गरे जसमा उनीहरु शिखरमा पुगे कि पुगेनन् भन्ने बारेमा ‘वर्क आउट’ थियो ।

आरोहण समूहका अर्का एक सदस्यका टाढाका नातेदार पर्ने होयल्यान्डले ती पर्वतारोहीको अवशेष खोज्नको लागि सगरमाथा क्षेत्रमा ९ पटक भ्रमण गरेका थिए । उनका अनुसार यसमा सबैभन्दा महत्वपूर्ण कुरा हावाको चाप रहेको उनको विश्वास छ । 

उनका नातेदार होवार्ड सोमरभेल जो सोही जोडीको आरोहण टोलीमा थिए उनी एक हजार फिटसम्म आरोहण गरेपछि अक्सिजनको कमी भएकाले पछि हट्नु परेको  थियो ।  उनी त्यतिबेलाको आरोहणको मौसम ‘ट्रयाकिङ’ गर्न जिम्मेवार थिए । 

१९२४ को सो आरोहणका बारेमा उनले  आफ्नो कार्यालयमा एउटा  रिपोर्ट बुझाएका थिए ।  भारतमा सर्जनको रुपमा काम गर्ने उनले बुझाएको रिपोर्टमा बेस क्याम्पमा जुन ८ र ९ का दिन ब्यारोमेट्रिक चाप तल झरेको जनाइएको छ ।

त्यसको  सोमरभेलले  रेकर्ड लिइरहेका थिए । 

उनले सो चाप मर्करी(पारो)को इन्चमा लिइरहेका थिए । त्यो १६ दशमलब २५ बाट १५ दशमलब ९८ मा झरेको थियो ।  होयल्यान्डको विश्वास छ–यो संख्याको तल झराइ भनेको चापमा १० मिलिबार घट्नु बराबर हो । मौसम सम्बन्धी सगरमाथामा मृत्यु भनेको त्यही बायोमेट्रिक ड्रपसँग सम्बन्धित रहेको उनको भनाई छ । 

केवल ४ मिलिबार घट्दा त्यसले हिपोक्सिया(शरीरका तन्तुमा अक्सिजन अभावको अवस्था) गराउँछ ।  ६ मिलिबार घट्नु भनेको दुर्घटनाको कारण हुन सक्छ । त्यस्तो दुर्घटना १९९६मा भएको थियो र २० जना मानिस हिमालमा चेपिएका थिए । 
ती

मध्ये ८ जनाको मृत्यु भएको थियो ।  यसबारेको स्टोरी लेखक जोन क्राकाउरको पुस्तक ‘इन्टु थिन एयर’मा उल्लेख गरिएको छ । खराब मौसमको कोणबाट पनि २०१०को पेपरमा युनिभर्सिटी अफ टोरन्टोका विज्ञ जी डब्ल्यु केन्ट मुरे नेतृत्वको टोलीले उल्लेख गरेको छ । 

“उनीहरु पूर्ण रुपमा आँधी आएको अवस्थामा थिए । हिमपात मात्र होइन त्यहाँ हिउँ बम नै थियो,” होयल्यान्डले सीएनएनसँग भने ।

होयल्यान्डलाई हिम बमको बारेमा सगरमाथाकै अनुभव छ । 

यो डरलाग्दो हुन्छ । तापक्रम ठूलो मात्रामा तल झर्छ । सास फेर्नको लागि मुख खुला राख्नुपर्छ । त्यहाँ ठूलो मात्रामा हुरी हुन्छ ।  त्यो मानिस जसलाई म जान्दछु उसलाई हिमालबाट उडाएको थियो । र, उसको हिमाल पुनः चढ्ने सम्भावनाको अन्त्य भयो । हावाको चाप घट्नु भनेको हिमाल अकस्मात ६५० फिट उचाइमा पुग्नुजस्तै हुन्छ । होयल्यान्ड त्यसलाई ‘अदृश्य मृत्यु जाल’ भन्छन् ।

त्यो जोडी जो उत्तर पश्चिम क्षेत्रबाट हिमाल चढिरहेको थियो, उनीहरुले पहिला नै बाधाहरु झेलेका थिए ।  मेलोरीले उनकी पत्नीलाई लेखेको चिठीमा शिखरमा पुग्ने सम्भावना ५० अंकमा र एकमात्र भएको जनाएका थिए । 

होयल्यान्डको सोचाइमा यो २० अंकमा १ भने जस्तै हो । उनीहरुलाई के ले हिर्काउँदै छ भन्ने बारेमा त्यतिबेला थाहा थिएन । मेलोरीले नोर्टन र सोमरभेललाई शिखरबाट १००० फिट भित्रैको क्षेत्रमा अक्सिजन इक्विपमेन्ट बिना नै गएको जुन ४ का दिन देखेका थिए । 

“अपार्टस(उपकरण) सहित शिखरमा पुग्न सम्भव छ भनेर अनुमान गर्नु स्वाभाविक पनि हो,” उनले आफ्नो आउँदै गरेको पुस्तकमा लेखेका छन् । 

उनले थाहा नभएको कुरा के थियो भने शिघ्र गतिमा भइरहेको हावाको चापले हिमाललाई अझ उचाइमा लगिरहेको जस्तो हुन्छ । आँधी र हिमपातले हावाको चाप घटाउने मात्र होइन सो जोडीले सिल्क लेयर्स, कटन र उनीको कपडा लगाएका थिए । 

होयल्यान्ड सोही खालको कपडा लगाएर सगरमाथाको ट्रिपमा गएका थिए । ती कपडा अपवादजन्य हिसाबले आरामदायी थिए । तर, हिमपातको समयमा वा रातभरी न्यानो पाउनका लागि पर्याप्त थिएनन् । 

यसअघि अनुमान गरिएको सो जोडी फर्कदा मृत्यु हुनुअघि सगरमाथा चढेर आएको भन्ने कुरालाई होयल्यान्ड ‘इच्छापूर्ण सोचाई’ मात्र भन्छन् ।

“मैले मेलोरीले सगरमाथा वर्षौँ वर्ष चढेको प्रमाणित गर्न चाहेको हो, मैले आफू सगरमाथा चढ्ने १६औं बेलायती भएको १५औं होइन भन्ने प्रमाणित गर्न चाहेको हो । तर, दुर्भाग्य जब तपाईंले तथ्य हेर्नुहुन्छ ती फरक पाइन्छन् । तपाईंहरुले आफ्नो दिमाग परिवर्तन गर्नुपर्छ । तपाईं इच्छापूर्ण सोच राख्नमात्रै सक्नु हुन्न,” उनको भनाई छ ।

होयल्यान्डको भन्दा अगाडि कसैले पनि मौसमको रिपोर्टलाई नजिकबाट अध्ययन गरेको थिएन ।  जुन रोयल जोग्राफिकल सोसाइटी लण्डनमा भएका थिए । 

अन्ततः त्यो शिखरको आरोहण न्यूजील्यान्डका पर्वतारोही एडमन्ड हिलारी (नोट–तेन्जीङ नोर्गे शेर्पाले पनि सोही समयमा चढेको भए पनि सीएनएनको रिपोर्टमा उल्लेख छैन) ले १९५३मा गरेका थिए । जुन पहिलो डकुमेन्टेड आरोहण हो । 

सयवर्षको अनुमान

मेलोरी र इर्भिनको रहस्य दशकौंसम्म साहसिक उत्सुकता रह्यो  ।  सन् १९३३ मा अर्का पर्वतारोही पर्सी विन ह्यारिसले शिखर नजिक एउटा बञ्चरो भेटेका थिए । 

यो इर्भिनको भएको अनुमान गरिएको छ । १९३६मा अर्का पर्वतारोही फ्रयांक स्मिथले टेलिस्कोपबाट हेर्दा दुईवटा शव केही दूरीमा देखेका थिए । 

उनले ती शव ८,१०० मिटर वा २६,५७५ फिटमा देखिएका थिए । चिनियाँ पर्वतारोही वाङ होङबाओले शिखर चढेको बेलामा सन् १९७५मा एउटा शव देखेका थिए ।  अन्त्यमा सन् १९९९मा मेलोरीको शव २६,७०० फिटमा जुन शिखर भन्दा २,३३५ फिट तल भेटिएको थियो । 

होयल्यान्डको विश्वास छ कि त्यो जोडी एक आपसमा जोडिएको भए पनि आरोहण रद्ध गरेर बेस क्याम्पमा फर्कने क्रममा चिप्लियो ।उनको सोचाईमा मेलोरी सुरुमा चिप्लिँदा बचे तर वेसक्याम्प फर्कने क्रममा अचम्म हिसाबले डुबे ।  इर्भिनको शव कहिले पनि भेटिएन ।

सगरमाथाले मान्छेलाई पागल बनायो

मेलोरीका केही सम्पत्ति अझै पनि उनको शरीरमा पाइएका थिए ।  एक जोडी चश्मा उनको खल्तीमा थिए ।  यसको मतलब उनी कि अध्याँरामा थिए वा कम भिजिबिलिटी थियो ।  त्यहाँ उनकी पत्नीको तस्बिर पाइएन जुन उनले लिएर आएका थिए । उनले त्यसलाई सगरमाथामा छोड्ने योजना बनाएका थिए ।

दशकौंसम्म अनुसन्धाताहरुले सटिक प्रमाणहरु राखेका थिए सोही तस्बिर । त्यसलाई  नपाउँदा उनीहरु शिखरमा पुगेको तर फर्किदा खसेको भन्दै आएका थिए ।  यद्यपि नयाँ प्रमाणको पुनरवलोकन गर्दा होयल्यान्डको विश्वास छ –कुरा त्यसो होइन । 

आरोहणको रिपोर्टमा २ बजे दिउँसो  हिमालमा हिमपात भएको थियो उल्लेख थियो । उनीहरुले त्यो कुरा शिखरमा पुग्नुभन्दा धेरै अघि भनेका थिए । तस्बिर नहुँदा उनको सोच छ– “यसको अर्थ केही हुँदैन । मेलोरी अक्सर सामान बिर्सन्थे, उनले नोट गरेका छन् ।”

उनले आफ्नी पत्नीलाई पठाएको अन्तिम चिठीमा  मेलोरीले लेखेका छन्, “पालको ढोकाबाट बाहिर हेर्दा हिउँको संसार छ ।  आशाहरु हराइरहेका छन् ।”

उनले व्याख्या गर्दै ‘पुरै खराब समय’ भनेका छन् । उनी र इर्भिन दुवै अस्वस्थ थिए र उनले लेखेका छन्, “म पर्याप्त ठीक हुनेछु भन्ने कुरामा केही आशंकामा छु ।”

अहिले शताब्दीको सन्दर्भमा आयोजित रोयल जोग्राफिकल सोसाइटीको कार्यक्रममा होयल्यान्ड भाग लिइरहेका छन्  ।  उनले भने, “सगरमाथाले मानिसलाई पागल बनाउँछ । मेलोरी सगरमाथा चढ्नका लागि पागल भएका थिए । तर उनलाई अरु नै केही बनायो ।”

सीएनएनमा आधारित
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  ०९:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro