site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंको तापक्रम ८ डिग्री सेल्सियसभन्दा कम, कहाँ कति ?
फाइल तस्बिर ।

काठमाडौं । चिसो बढेसँगै देशभरको तापक्रम क्रमिक रूपमा घटिरहेको छ । न्यूनतम र अधिकतम दुवै तापक्रममा गिरावट आएको हो ।

बिहीबार बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ७.६ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ०८१ साल लागेयता उक्त समयमा काठमाडौंमा मापन गरिएको यो कम तापक्रम हो ।

सोही समयमा बुधबार (हिजो) काठमाडौंको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस थियो । मंगलबार (अस्ति) काठमाडौंको न्यूनतम तापक्रम ८.८ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ । 

महाशाखाले बिहीबार सार्वजनिक गरेको देशका १६ स्थानको विवरणमध्ये जुम्लाको न्यूनतम तापक्रम सबैभन्दा कम –४.६ डिग्री सेल्सियस छ । 

यस्तै, डडेलधुराको न्यूनतम तापक्रम ५.०, ताप्लेजुङको ६.७, वीरेन्द्रनगरको ८.५, धनकुटाको न्यूनतम तापक्रम ८.६ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।

महाशाखाले हरेक दिन बिहान पौने ९ बजे न्यूनतम र बेलुका पौने ६ बजे मापन गरेको अधिकतम तापक्रमको विवरण वेबसाइटमार्फत सार्वजनिक गर्ने गरेको छ ।

काठमाडौंमा हालसम्मकै न्यून तापक्रम १९७८ मा मापन गरिएको थियो । सन् १९७८ जनवरी ११ मा काठमाडौंको तापक्रम माइनस ३.५ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो ।

तापक्रमको विवरण हेर्नोस्–

wefdg-1732764841.jpg
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१  ०९:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro