site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी गल्फ
Global Ime bankGlobal Ime bank
उपत्यकामा अब कोठाभित्रै लिन सकिन्छ १८ होल गल्फको मजा !

काठमाडौं । गल्फ भन्नासाथ मंहगो खेल हो भन्ने सोच आम मानिसको हुन्छ । यसमा आवश्यक पर्ने सामानहरुले पनि गल्फलाई महंगो बनाउँछ । 

तर, अब भने एक हजार रुपैयाँमा नै गल्फ खेल्न पाइने भएको छ, त्यसका लागि पनि गल्फ कोर्स धाइरहन पर्दैन । 

ललितपुरको पुल्चोकमा खुलेको सेभेन आइरन रेस्टुरेन्टले गल्फ पारखीलाई भर्चुअल गल्फको सुविधा उपलब्ध गराउन थालेको छ ।

शाश्वत ढुंगाना र आश्रय ढुंगाना दाजुभाई सेभेन आइरनका सञ्चालक हुन् । 

Iron_7_Golf_SunilPradhan_12khariphoto-(6)-1716287325.jpg
 

शाश्वत पेसाले इन्जिनियर हुन् । सिभिल इन्जिनियरिङको अध्ययन पूरा गरेका शाश्वत पेसाले अनुसन्धानकर्ता (रिसर्चर) हुन् । आश्रय अध्ययनका क्रममा अमेरिका रहँदा उनका गल्फ खेल्ने साथीहरु एनसीएए डिभिजन थ्रीमा थिए । 
त्यहाँ रहँदा आश्रयले साथीहरुबाटै गल्फ सिके ।  अध्ययन सकेर नेपाल फर्किदा आश्रयले गल्फ सेट लिएरै आए ।  नेपालमा लामो समयदेखि गल्फ खेलिरहेका मामा प्रभावकर अधिकारीसँग उनले गोकर्ण गल्फ कोर्समा १५ दिनको कोर्स लिए । 

गल्फमा लगाव र रुची भएका आश्रयले आफूसँगै दाइ शाश्वतलाई पनि गल्फ पारखी बनाए । ढुंगाना दाजुभाई गोकर्णमा वार्षिक सदस्यता लिएर नै खेल्न जान थाले ।  तर नेपालमा जति व्यक्तिहरु गल्फमा रमाउनुपर्ने हो त्यो नपाएको देखेपछि उनीहरुले यसैमा केही गर्ने निधोसहित खोले, सेभेन आइरन । जहाँ भर्चुअल गल्फ खेल्न र प्रतिष्पर्धा गर्न सकिन्छ । 

Iron_7_Golf_SunilPradhan_12khariphoto-(7)-1716287325.jpg
 

भर्चुअल गल्फको प्रकृति सामान्य गल्फको जस्तै हुन्छ । तर, यसमा आउटडोर १८ होलमा जसरी खेलाडीले लामो दूरी तय गर्नुपर्दैन । गल्फ सेटमा रहेका विभिन्न डिभाइसहरुले एक पटक प्रहार गर्दा १० देखि १५ वटासम्म तथ्यांक देखाउँछ । गल्फ प्रवर्धनको सोच भए पनि उनीहरुमा भर्चुअल गल्फबारे खास जानकारी थिएन । 

त्यसैबेला गल्फ जगतका हस्ती टाइगर वुड्स, पीजीए र रोय क्याकोएगले भर्चुअल गल्फ लिग आयोजना गर्न लागेको सुनेपछि ढुंगाना दाजु–भाइले पनि यसैमा सुरु कसे । 

अहिले सेभेन आइरनले बिहान आठ बजेदेखि बेलुका १० बजेसम्मै सेवा दिइरहेको हुन्छ । सेभेन आइरनमा गल्फसँगै सेवाग्राहीले रेस्टुरेन्टको पनि आनन्द लिन सक्नेछन्  । 

Iron_7_Golf_SunilPradhan_12khariphoto-(1)-1716287324.jpg
 

गत वर्षको वैशाखमा सुरु भएको यहाँ गल्फ सिक्नका लागि एकेडेमी पनि छ । इच्छुक खेलाडीले ५०० रुपैयाँमा एकेडेमीबाट सिक्न पाउँछन् ।  सेभेन आइरनले गल्फरलाई आवश्यक पर्ने सामग्री र अन्य पोशाक पनि एकै ठाउँमा उपलब्ध गराउँदै आएको छ । 

तर, यहाँ खेल्न आउनेहरुले भने गल्फका कुनै पनि सामग्री आफूसँगै ल्याउन पर्दैन ।  पछिल्लो समय फुटसलले काठमाडौंका युवालाई आकर्षित गरिरहेको छ ।  भर्चुअल गल्फले पनि त्यसरी नै विस्तारै युवालाई आकर्षित गर्नेमा विश्वस्त छन्, ढुंगाना दाजुभाई । 

Iron_7_Golf_SunilPradhan_12khariphoto-(3)-1716287324.jpg
 

गल्फ प्रवर्धनकै निम्ति सेभेन आइरनले काठमाडौँका विभिन्न विद्यालयसँग सहकार्यसमेत गरेको छ ।  नेपालमा भर्चुअल गल्फको नयाँ अवधारणमा रमाइरहेका ढुंगाना दाजुभाई विस्तारै यो देशभर फैलिनेमा विश्वस्त छन् । 

परिस्थिति मिल्दै गए ढुंगाना दाजुभाइले सेभेन आइरनलाई पनि देशभर लैजाने योजनामा छन् । सरल र सुलभ रुपमा गल्फ उपलब्ध गराउने लक्ष्य राखेको सेभेन आइरन आफैले प्रतियोगिता समेत आयोजना गर्दैछ । 

Iron_7_Golf_SunilPradhan_12khariphoto-(4)-1716287324.jpg
 

प्रतियोगितामा सहभागीले हप्ताभर आफूले चाहेको समयमा प्रतिस्पर्धा गर्न पाउँनेछन् । प्रतियोगिताका निम्ति मिति समेत तय भइसकेको छ, अब तपाईंहरुले पनि उक्त मिति छिट्टै थाहा पाउनुहुनेछ !

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  १६:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro