site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
मियामीको जितमा काम्पानाको निर्णायक गोल

काठमाडौं । लियान्ड्रो काम्पानाको निर्णायक गोलप्रेरित इन्टर मियामीले मेजर लिग सकर (एमएलएस) मा डीसी युनाइटेडविरुद्ध १–० को साँघुरो जित निकालेको छ ।

आइतबार बिहान घरेलु मैदान चेज रंगशालामा सम्पन्न खेलमा लियान्ड्रो काम्पानाले इन्जुरी समयमा निर्णायक गोल गरेका हुन् । घरेलु लिगका पछिल्लो नौ खेलमा मियामी अपराजित छ ।

जितसँगै १५ खेलबाट ३१ अंक जोडेको मियामी एमएलएस इर्स्टन कन्फेरेन्सको शीर्ष स्थानमा छ । मियामीलाई पछ्याइरहेको सिनसिनाटीले १४ खेलबाट ३० अंक जोडेको छ । १४ खेलबाट १७ अंक जोडेको डीसी युनाइटेड भने तालिकाको नवौँ स्थानमा छ ।

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  ११:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro