site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्लानिङ ब्वाइजको पाँचौँ जित

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिगमा प्लानिङ ब्वाइज युनाइटेडले लगातार पाँचौँ जित निकालेको छ । मंगलबार (चैत २६) सातदोबाटास्थित एन्फा मुख्यालयमा प्लानिङ ब्वाइजले सरस्वती क्लबलाई ३–० ले हरायो ।

प्लानिङको जितमा सुजन डंगोल, सरोज कार्की डोली र फागुराम थारुले गोल गरे । खेलको दोस्रो मिनेटमा सुजनले टिमका निम्ति पहिलो गोल गरेका थिए । ७३औँ मिनेटमा सरोजले अग्रता दोब्बर बनाए । ८२औँ मिनेटमा फागुरामले टिमका निम्ति तेस्रो गोल गर्दै प्लानिङको सहज जित निश्चित गरे ।

त्यसअघि, पहिलो हाफको इन्ज्युरी टाइममा संकल्प खरेलले रातो कार्ड पाएपछि सरस्वती १० खेलाडीमा सीमित भएको थियो ।

जितसँगै प्लानिङ ब्वाइजले लिगमा अपराजित यात्रा कायम राखेको छ । प्लानिङ १५ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । प्लानिङ ब्वाइजले यसअघि झापा फुटबल क्लब, च्यासल युथ क्लब, मध्यपुर युथ एसोसिएसन र ब्वाइज युनियन क्लबलाई हराएको थियो । पराजित सरस्वतीको ६ अंक छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, चैत २६, २०८१  १५:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro