site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाल्पामा मौरीले टोकेर एकजनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।

तानसेन (पाल्पा) । पाल्पामा खागमौरीले टोकेर एकजनाको मृत्यु भएको छ । बगनासकाली गाउँपालिका–२, गोफेका ४५ वर्षीय कमल विश्वकर्माको मंगलबार खागमौरीले टोकेर मृत्यु भएको हो ।

कामबाट घर फर्किँदै गरेको अवस्थामा खान्दुला नजिकै बाटोमा खागमौरीले टोकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्दीप बेल्वासेले जानकारी दिए । खागमौरीले टोकेपछि विश्वकर्मा बेहोस भएका थिए । उनलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास लगिएकामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।  

विश्वकर्माले आर्यभञ्ज्याङमा आरन व्यवसाय गर्दै आएका थिए । उनी खाना खान घर जाने क्रममा बाटोमा खागमौरीको समूहले टोकेको बगनासकाली–२ का वडाध्यक्ष तीर्थप्रसाद भट्टराईले बताए । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, चैत २६, २०८१  २०:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro