site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
रातो मच्छिन्द्रनाथको रथको मर्मत सुरु

काठमाडौं । ललितपुरको रातो मच्छिन्द्रनाथको रथको मर्मत सुरु गरिएको छ । मच्छिन्द्रनाथको रथ जात्रा चलिरहेका बेला निकै ढल्किएपछि रथ तान्ने क्रमलाइ रोकेर मर्मत कार्य सुरु गरिएको हो ।

रथ तान्ने क्रममा चक्काको माथि हुने मलाखे भाँचिएपछि तान्न समस्या भएको थियो । त्यसपछि ललितपुर गुठी संस्थानले सूचना जारी गरी मर्मत कार्य गर्नुपर्ने भन्दै केही दिन रथजात्रा स्थगित हुने जनाएको थियो । रथको पूर्णरूपमा मर्मत भएपछि पुन: तान्न सुरु गरिने र लगनखेल पुर्‍याइने स्थानीयले जनाएका छन् ।

Dabur Nepal
NIC Asia

मच्छिन्द्रनाथको रथयात्रा वैशाख शुक्ल प्रतिपदामा सुरु भएर आषाढ शुक्ल चतुर्थी (दुई महिना) सम्म चल्छ । रातो मच्छिन्द्रनाथ जात्रालाई पाटनको सबैभन्दा महत्त्वपूर्ण तथा उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा लिइन्छ ।

हिन्दु धर्मावलम्बी मछिन्द्रनाथलाई ऐतिहासिक करुणामयको रूपमा पुज्छन् । बौद्ध धर्मावलम्बी ‘पद्मपाणि’ अर्थात् पञ्चबुद्धमध्येका चौथो बुद्धका रूपमा पूजा गर्छन् । मछिन्द्रनाथको रथ यात्राको अन्तिम दिन भोटो देखाउने जात्रा हुन्छ ।

पुल्चोकमा रथारोहण गरी सुरु भएको मच्छिन्द्रनाथको रथयात्रा गाःबाहल, मंगलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावालाखेलमा पुर्‍याएर भोटो देखाइन्छ ।  पौराणिक कथन अनुसार १२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्रदेवले यो जात्राको सुरुवात गराइएको किंवदन्ती छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  २०:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro