site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्री प्रचण्ड र ओलीले षड्यन्त्र गरे रास्वपा सिकार बन्नसक्छ : गगन थापा 
फाइल तस्बिर

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको षड्यन्त्रमा सामेल भएको आरोप लगाउँदै त्यसको मारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बन्ने बताएको छ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले षड्यन्त्रमा साथ दिएको भन्दै जानेर नजानेर रास्वपा त्यसको सिकार बन्ने बताए । संसद्को गतिरोध अन्त्यका लागि आफू तयार रहेको बताइरहेका प्रधानमन्त्री प्रचण्डको भूमिकाले नियतमा प्रश्न उठाएको महामन्त्री थापाको भनाइ छ । 

“संसद्को गतिरोधको जुन अवस्था छ, यो अवस्था रहिरहेको बेलामा विश्वासको मत लिन ७ गतेको मिति तोकियो, यसले प्रधानमन्त्रीको पनि सफा नियत देखिएन,” थापाले भने, “प्रधानमन्त्री इम्प्रेसन दिइरहनुभएको छ । म मिलाउन खोजिरहेको छु, तर अरुले मानिरहेका छैनन् भनेर । त्यसलाई हामीले पत्याइरहेका छौँ, तपाईंहरूले पनि पत्याइरहनुभएको छ । त्यसमा पनि शंका गर्ने ठाउँ रह्यो ।”

उनले प्रधानमन्त्री प्रचण्डको भनाइमा आफूहरूले विश्वास गरिरहेको र मिडियासहितले पनि विश्वास गरिरहेकोमा गतिविधिले उल्टो परिणाम देखाएको बताए । उनले विश्वासको मत लिन पनि कांग्रेसले रोक्यो भन्ने भाष्य निर्माण गर्न खोजेको भए आफूहरूलाई कुनै फरक नपर्ने बताए । 

“जे कुरामा हाम्रो आलोचना हुने हो भइरहेको छ । हामीले जे कुरामा अडिरहेका छौँ, अडिइ नै रहनेछौँ । फलानोलाई बोल्न नदिने भनेर आलोचना भइरहेको बेला विश्वासको मत लिन दिएन भनेर हुने आलोचनासँग हामी डराउने कुरा छैन,” थापाले भने, “यो अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउने, अध्यादेशबाट खेलेर दलहरू फुटाउने र संवैधाानिक व्यवस्थालाई नै खल्बल्याउने कुरामा नेकपा एमालेका अध्यक्ष उद्दत हुनुहुन्छ भन्ने प्रशस्त आशंका थिए, छन् । तर, प्रधानमन्त्री पनि यसमा मजाले सामेल हुनुभएको देखियो ।” उनले संसद्‌मा विचाराधिन राजनीतिक दलसम्बन्धी विधेयक फिर्ता लिनु शंका गर्ने आधार भएको बताए । 

“संसद्‌मा विचाराधिन राजनीतिक दलसम्बन्धी विधेयक फिर्ता लिएर अध्यादेश ल्याउने वातावरण निर्माण गरिँदै छ । राजनीतिक षड्यन्त्र हुन्छ नि, मुखमा एउटा कुरा मनमा अर्कै कुरा गर्न चाहिराख्नुभएको छ कि भन्ने शंका यसले बढायो,” थापाले भने, “हामी प्रधानमन्त्री अभिभावकीय रोलमा हुनुहुन्छ भनि ठान्याैँ, ओली बिगार्न लाग्नुभयो भन्यौँ । तर, घटनाक्रमहरूले त प्रधानमन्त्रीको रोल त्यस्तो देखिएन । आज रोकेको संसद् हिजो रोकेको भए के हुन्थ्यो ?” 

महामन्त्री थापाले त्यसरी रोकेका भए सौहार्द्रपूर्ण छलफल हुने र बिहीबारको परिस्थिति पनि नआउने बताए । उनले प्रधानमन्त्रीले बोलेको कुरा र तथ्यहरू फरक–फरक देखिएको पनि बताए । 

“अब अहिले राजनीतिक दलसम्बन्धी विधेयक फिर्ता लिने निवेदन आएको छ । ७ गते विश्वासको मत लिने कुरा आएको छ । यो सबै प्रधानमन्त्रीले नचाहेर भएको छ र ?,” थापाले भने, “यो त अस्ति महान्यायाधीशवक्ताले प्रधानमन्त्रीले थाहा नपाइ पत्र दियो भनेजस्तो भयो नि ।” उनले कांग्रेसले प्रधानमन्त्रीलाई शंकाको सुविधा दिँदै अलि बढी दिएको हो कि भन्ने लाग्न थालेको बताए । उनले सरकार संसद्को अधिवेशन अन्त्य गरेर अध्यादेशको शासनमा जाने संकेत देखिएको आरोप लगाए । 

“संसद् चलिरहेको र संसद्‌भित्र समस्या पनि आइरहेको छ । सरकारले सोच्नुपर्ने त के हो भने एक दुई दिनभित्रै अवरोध खोलेर बजेट ल्याउँछु भन्नुुपर्ने हो,” थापाले भने, “तर, सत्तापक्षको त के देखियो भने हामी खोल्दैनाैँ, अध्यादेश ल्याउँछौँ भनेर विपक्षीलाई उल्टो दबाबमा पार्न खोजे जस्तो देखियो ।” 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  १६:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro