site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
राष्ट्रसंघमा काम थालेको एक हप्तामै गाजामा मारिए भारतीय नागरिक

गाजा । संयुक्त राष्ट्रसंघले इजरायली ट्यांक आक्रमणमा गाजामा आफ्ना स्टाफ भारतीय नागरिक कर्णेल वैभव कालेको मृत्यु भएको जनाएको छ । भारतका पूर्व सैनिक कालेको गएको सोमबार रफाहनजिक संयुक्त राष्ट्रसंघको गाडीमा भएको आक्रमणमा परी मृत्यु भएको हो । राष्ट्रसंघकै अर्का एकजना स्टाफ पनि सो घटनामा घाइते भएको जनाइएको छ ।

गाजामा आक्रमण सुरू भएपछि कालेको मृत्यु संयुक्त राष्ट्रसंघका कर्मचारीको पहिलो मृत्यु भएको जनाइएको छ । इजरायल डिफेन्स फोर्सेजले सो घटनालाई नियालिरहेकाे जनाएको छ । राष्ट्रसंघले यसअघि ती कर्मचारी स्थानीय युरोपियन अस्पतालमा जाने क्रममा आक्रमणमा परेको जनाएको थियो । 

४६ वर्षीय मृतक कर्णेल काले भारतको महाराष्ट्रका हुन् । उनले आक्रमण हुनुभन्दा एक हप्ताअघि मात्रै युएन डिपार्टमेन्ट अफ सेपm्टी एण्ड सेक्युरिटी (युएनडीएसएस)मा काम थालेका थिए । बीबीसी
 

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १०:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro