site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भारतका विदेशमन्त्रीले भने– नोटमा चुच्चे नक्सा राख्ने नेपालको एकपक्षीय निर्णय
Sarbottam CementSarbottam Cement

भुवनेश्वर । एक सय रुपैयाँको नोटमा नयाँ चुच्चे नक्सा राख्ने नेपालको निर्णयमा भारतका विदेशमन्त्री एस जयशंकरले नयाँ दिल्लीको प्रस्ट धारणा रहेको र काठमाडौंले एकपक्षीय रूपमा निर्णय गरेको बताएका छन् । उनले दुवै मुलुक सीमाको विषयमा वार्ता गरिरहेको बेलामा एकपक्षीय रूपमा केही गर्नु भनेको नेपालले धरातलको यथार्थलाई परिवर्तन गर्न नचाहेको टिप्पणी समेत गरेको एनडीटीभीले जनाएको छ ।

“मैले त्यो रिपोर्ट देखेँ । यसलाई मैले विस्तृत रूपमा हेरिनँ । मलाई लाग्छ हाम्रो अडान धेरै प्रष्ट छ । नेपालसँग हाम्रो सीमाबारेमा हामी स्थापित मान्यताअनुसार कुरा गरिरहेका छौँ । यसको बीचमा उनीहरूले एकतर्फी रूपमा केही प्रक्रिया अघि बढाएका छन्,” उनले भनेका छन्, “तर, उनीहरूको तर्फबाट गरिने कामले हामीबीचको धरातलको यथार्थ र हामीबीचको अवस्थालाई परिवर्तन गर्दैन ।” 

Prabhu Bank
Agni Group
NIC Asia

सरकारले नेपालमा हाल चलन चल्तीमा रहेको १०० रुपैयाँको नोटमा नयाँ नक्सा छाप्ने निर्णय गरेको बिहीबार गरेको थियो ।  मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

पुरानो नक्सा परिवर्तन गरेर नयाँ नक्सा राखेर डिजाइन परिवर्तन गर्न राष्ट्र बैंकलाई अनुमति दिने निर्णय गरेको जानकारी दिइन् । यसअघि पुरानो नक्सा भएको नोट रहेको थियो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  ०८:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement