site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
जर्जियामा ‘विदेशी एजेन्ट’विरुद्ध प्रदर्शन, अश्रुग्यास प्रहार

जर्जिया । जर्जियामा प्रेस स्वतन्त्रता प्रतिकूल हुने गरी ल्याइएको विधेयकविरुद्ध विपक्षीले गरेको प्रदर्शनका क्रममा प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको छ ।

सरकारले रुसबाट प्रभावित भएर यस्तो विधेयक ल्याएको भन्दै हजारौँ मानिसले जर्जिया र युरोपेली संघको झन्डा हल्लाउँदै संसद् भवनबाहिर प्रदर्शन गरेका थिए । उनीहरू लगातार दोस्रो दिनदेखि प्रदर्शनमा रहेका जनाइएको छ ।

सांसदहरूले विवादास्पद ‘विदेशी एजेन्ट’सम्बन्धी विधेयक बुधबार पारित गरेका थिए ।

युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लिएनले आफूले जर्जियाको घटनालाई ठूलो चासोका साथ हेरिरहेको जनाएकी छन् ।

सत्तारूढ जर्जियन ड्रिम पार्टीले प्रस्ताव गरेको सो विधेयकमा गैरसरकारी संस्था र स्वतन्त्र मिडिया जसले २० प्रतिशतभन्दा बढी विदेशी सहयोग लिएका छन्, उनीहरूले विदेशी शक्तिको स्वार्थमा चलेको संगठनका रूपमा दर्ता गर्नुपर्ने उल्लेख छ ।

साथै, न्याय मन्त्रालयका तर्फबाट उनीहरूलाई अनुगमन गरिने र संवेदनशील सूचना पनि जानकारी गराउनुपर्ने नत्र २५ हजार जर्जियन लारी जरिवाना तिर्नुपर्ने जनाइएको छ ।

विपक्षीले सो विधेयकलाई अधिनायकवादबाट प्रभावित भन्दै छिमेकी रुसले विरोधीलाई दबाउन प्रयोग गरिरहेको जनाएको छ । जर्जिया सरकारले भने पारदर्शिताका निम्ति यो विधेयक ल्याइएको जनाएको छ । बीबीसीबाट ।

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १३:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro