site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अमेरिकामा प्रहरीमाथि गोली प्रहार, तीनजनाको मृत्यु, पाँच घाइते
Sarbottam CementSarbottam Cement

नर्थ क्यारोलिना । अमेरिकाको नर्थ क्यारोलिनामा कानुन कार्यान्वयन गर्ने क्रममा आपराधिक समूहको आक्रमणमा  सोमबार तीन प्रहरी अधिकारी मारिएका छन् । पाँचजना घाइते भएका छन् ।

एक वारेन्ट कार्यान्वयनका क्रममा त्यहाँको एक घर सिज गर्न पुगेका प्रहरी अधिकारीमाथि घर भित्रबाट गोली प्रहार भएपछि उक्त घटना भएको जनाइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

स्थानीय चार्लोटेमा उक्त घटना करिव तीन घण्टापछि  नियन्त्रणमा आएको थियो । घटनामा एकजना आक्रमणकारी पनि मारिएको जनाइएको छ ।

अधिकारीहरुका अनुसार गोली प्रहारमा दुई सुटर संलग्न रहेका थिए । घाइते सुरक्षाकर्मी टास्क फोर्सको नेतृत्व गरिरहेको यूएस मार्सल सर्भिससम्बद्ध रहेको जनाइएको छ । उक्त क्षेत्रमा गोली प्रहारको घटना भएका कारण सुरक्षाकर्मी वारेन्ट आदेशको पालना गर्न त्यहाँ पुगेको थियो । सोही क्रममा  प्रहरीलाई घर भित्रबाट गोली प्रहार गरिएको चार्लोटे–मेकलेनबर्गका प्रहरी प्रमुख जोनी जेनिङले भने । सहरको पूर्वी भागको आवासीय क्षेत्रमा करिब दुई घण्टासम्म गोलि चलेको बताइएको छ । बीबीसी
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  ०७:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय