site stats
बाह्रखरी :: Baahrakhari
विदेश
विदेश नीतिबारे मोदी भन्छन्– राष्ट्रिय स्वार्थमा उभिन नसक्नेलाई कसैले सम्मान गर्दैन  

नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नै रष्ट्रिय स्वार्थमा उभिन  नसक्नेलाई कसैले पनि सम्मान नगर्ने बताएका छन् । भारतमा लोकसभा निर्वाचन जारी रहेको समयमा टाइम्स अफ इण्डियामा आज प्रकाशित लामो अन्तर्वार्ताका क्रममा विदेशनीतिका सम्बन्धमा सोधिएको प्रश्नको जवाफ दिने क्रममा मोदीले यस्तो बताएका हुन् ।
 
उनलाई प्रश्नमा आक्रामक र महत्वकांक्षी विदेश नीतिका कारण भारतको विश्वव्यापी उचाई बढाएको ‘क्रेडिट’ मोदीले पाएको चर्चा गर्दै आफ्नो अनुभव सुनाउन आग्रह गरिएकोमा उनले भनेका छन्, ‘हाम्रो विदेश नीतिको प्राथमिकता ‘नेसन फर्स्ट’ भन्ने थियो । जब हामीले नेसन फर्स्ट भन्ने मान्यतालाई अंगाल्यौँ, यसले  विश्वलाई  चुनौती दिएको छैन । विश्वले महसुस गर्छ कि भारतको उदयले विश्वलाई पनि राम्रै गर्छ । विश्वले त्यस्तालाई सम्मान गर्छ जो आफ्नै लागि उभिन्छ । आफ्नै राष्ट्रिय स्वार्थमा उभिन नसक्नेलाई कसैले पनि सम्मान गर्दैन ।’

त्यसैले हामीले जब हाम्रो राष्ट्रिय स्वार्थलाई लिएर विदेश नीति कार्यान्वयन गर्यौं सुरुमा यो धेरैका लागि आश्चर्य भए पनि पछि भारतलाई उनीहरूले सम्मान गरेको मोदीले जनाएका छन् । उनले सुुरुमा व्यापारको डिलमा जाँदा आफ्नो स्वार्थलाई राख्दा  साझेदार र मिडियाले पनि आश्चर्यका रूपमा लिएकोमा  पछि  सामान्य रूपमा लिइएको बताएका छन् । 

Argakhachi Cement Island Ad

यसले भारतप्रति उनीहरूको सम्मान बढेको मोदीले उल्लेख गरेका छन् । ‘उनीहरू नयाँ वास्तविकता जान्ने अवस्थामा पुगे कि भारत आफ्ना जनताका लागि के उपयुक्त छ र छैन भन्ने हिसाबले चल्छ,’ मोदीको भनाइ थियो  । 

उनले अहिले भारत विश्वव्यापी द्वन्द्वका बावजुद आफ्ना जनतालाई इन्धन र उर्जा उपयुक्त मूल्यमा दिन सफल भएको र विश्वले नै सम्मान गरिरहेको जनाएका छन् । 

‘जब आफूले विश्वका नेतालाई भेट्छु उनीहरूको भारतप्रतिको आकर्षण र चासो बढेको पाउँछु, उनीहरूले आफ्नो देशको अवस्थासँग भारतको तुलना गर्दै कसरी भारत आशा र अवसरमा बदलिएको छ भन्छन्,’ मोदीले अन्तर्वार्तामा भनेका छन्, ‘मैले उनीहरूबाट सम्मान भारत र भारतीयप्रति गरेको पाएको छु । हो, अहिलेको विश्व द्वन्द्व र सन्नाटामा रहेको छ । तर, त्यहाँ  भारत जस्तो शान्तिको दीप र बृद्धि भएको स्थान पनि छ । भारतको भूमिका पहिलाको तुलनामा संसारकै लागि महत्वपूर्ण भएको छ ।’

(टाइम्स अफ इण्डिया)
 

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १०:२२
प्रतिक्रिया दिनुहोस्