site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
मेक्सिको पुगेर चीनले अमेरिकालाई दिइरहेको ‘चक्मा’ !
Sarbottam CementSarbottam Cement

मेक्सिको । मेक्सिकोको मान्टरेमा मैन वाह फर्निचर फ्याक्ट्रीको उत्पादन लाइनमा निकै राम्रा कुर्सी र अन्य फर्निचर बनिरहेका छन् । जसमा लेखिएको छ,—‘मेड इन मेक्सिको’ ।

यी फर्निचर अमेरिकी रिटेलर कोस्ट्को र वालमार्टका लागि बनिरहेका हुन् । यद्यपि फर्निचर बनाउने सो कम्पनी चिनिया हो । जो मेक्सिकोमा आफ्नो उत्पादन गरिरहेको छ । 

फ्याक्ट्री चिनियाँ लगानीमा बनेको हो । अमेरिका, चीन र मेक्सिकोको यो त्रिकोण मेक्सिकोको कारोबारी दुनियाँमा प्रचलित एक नयाँ शब्द, ‘नियरशोरिंग’ सँग जोडिएको छ ।  मैन वाह यस्ता थुप्रै चिनियाँ कम्पनीमा एक हो जसले आफ्नो प्रोडक्सन लाइन अमेरिकाको नजिक उत्तरी मेक्सिकोमा लिएर गएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

यसो गर्दा चिनिया कम्पनीको शिपिङ्ग खर्च घट्नुका साथै यो मेक्सिकन फाइनल प्रोडक्टको रुपमा नै चिनिन्छ । यो रणनीति यसका लागि अपनाइन्छ कि चिनियाँ कम्पनी अमेरिकी करको जालबाट पनि जोगिन्छ । 

दुवै देशका बीचमा अहिले व्यापार युद्ध समेत चलिरहेको छ । यस्तै अमेरिकामा कैयौं चिनिया कम्पनीका उत्पादनमा उच्च दरमा कर लगाइरहेको अवस्था रहेको छ । 

Global Ime bank

मैन वाहका जनरल म्यानेजर यू केन वी फ्याक्ट्री देखाउँदै भन्छन्, “आफ्नो प्रोडक्सन लाइन मेक्सिकोमा लग्दा हामीलाई आर्थिक फाइदा भएको छ । फ्याक्ट्रीका सामान तथा अन्य उपकरणमा पनि हामीलाई सहुलियत प्राप्त भएको छ । मलाई विश्वास छ कि कम्पनीले यहाँ चार गुणासम्म उत्पादन बढाउन सक्छ । हामीलाई यहाँको उत्पादन भियतनामको उत्पादन जत्तिकै अगाडि लग्नुछ ।”

यो कम्पनी मान्टरेमा सन् २०२२मा पुगेको हो । यद्यपि मेक्सिकोमा यसका कर्मचारी बढेर ४५० पुगिसकेको छ । प्mयाक्ट्रीका जनरल म्यानेजरको अपेक्षा छ कि केही वर्षमा नै कर्मचारीको संख्या बढेर १२०० सम्म पुग्न सक्छ । किनकि कम्पनीको इच्छा थप केही प्रोडक्सन लाइन खोल्नेको रहेको छ ।

युकेन भन्छन्, “मेक्सिकोका मानिस मेहनेती र चाँडो सिक्ने खालका हुन्छन् । उनीहरु राम्रा अपरेटर हुन र उनीहरुको उत्पादन क्षमता पनि निकै राम्रो रहेको छ । सबै हिसाबले यहाँको प्रोडक्सन रणनीति राम्रो रहेको छ ।”
यसमा कुनै शंका छैन कि नियरशोरिंगले मेक्सिकोको अर्थव्यवस्थालाई निकै राम्रो मद्यत गरिरहेको छ । सन् २०२२ जुनको तुलनामा २०२३ को जुनमा मेक्सिकोको कूल निर्यात ५ दशमलब ८ प्रतिशतले बढोत्तरी भएको थियो । र, ५२ दशमलब ९ मिलियन डलर सम्म पुगेको थियो । पछिल्ला दिनमा यसको गिरावटको संकेत देखिएको थियो । 

तर, यो वर्षको दुई महिनामा मेक्सिकोमा २०२०मा गरिएको लगानीको आधा फिर्ता भइसकेको छ । मैन वाहको सोफा फ्याक्ट्री चाइनिज—मेक्सिकन इन्डस्ट्रियल पार्कमा बनेको छ । यहाँ प्लान्टको दामले आकाश छोएको छ ।
यहाँका सबैजसो प्लान्टहरु लगभग बिक्री भइसकेका छन् । इन्डस्ट्रीयल पार्क एशोसिएसनको भनाई छ कि २०२७ सम्ममा बन्ने सबै साइट बिक्री भइसकेका छन् । यसले गर्दा यो आश्चर्यको विषय होइन कि कैयौँ अर्थशास्त्री बताइरहेका छन्—चीन मेक्सिकोसँग त्यसै आकर्षित भइरहेको छैन । 

मेक्सिकोमा चीनको लगानी केही देशको लागि परेशानको विषय लाग्न सक्छ । तर अन्तर्राष्ट्रिय कारोबारी कानुनका अनुसार यहाँ बन्ने सबै उत्पादन आफ्नो हिसाबले मेक्सिकन हुन् ।  यो नीतिले मेक्सिकोलाई दुई महाशक्तिबीच स्थान लिने तागतमा पुर्याएको छ । अब अमेरिकाको स्थानमा  मेक्सिको चीनको प्रमुख ट्रेडिङ्ग पार्टनर बनेको छ । यो निकै नै महत्वपूर्ण र प्रतिकात्मक बदलाव हो । 

मेक्सिकोका अमेरिकाका साथ बढ्दो कारोबारमा ‘नियरशोरिंग’को महत्वपूर्ण भूमिका रहेको छ । अमेरिकी कम्पनी पनि मेक्सिकोमा फ्याक्ट्री खोलिरहेको छ । एशियाका कतिपय स्थानमा खोलिएका फयाक्ट्रीलाई यहाँ ल्याइएको छ । 
अघिल्लो वर्ष एलन मस्कको घोषणा निकै महत्वपूर्ण थियो । उनले मान्टरोको बाहिरी इलाकामा टेस्लाको नयाँ गिगा फ्याक्ट्री खोल्ने बताएका थिए ।  यद्यपि उनको इलेक्ट्रिक कार कम्पनी सम्बन्धी १० अर्ब डलर प्लांटको अझै सुरुवात गर्न बाँकी छ । 

टेस्लाले यसमा चासो देखाए पनि विश्वव्यापी अर्थतन्त्रको चाल धीमा भएकोले आफनो चाल पनि उसले धीमा बनाएको छ । यद्यपि चीनको लगानीलाई लिएर मेक्सिकोमा केही आशंका पनि उत्पन्न भइरहेको छ । 

केही मानिसको भनाई छ कि मेक्सिको चीन र अमेरिकाको बीच बढ्दो जियोपोलिटिकल संघर्षमा पर्न सक्नेछ । 

मेक्सिकोको नेशनल अटोनोमस युनिभर्सिटीमा चीन— मेक्सिको अध्ययन केन्द्रका एनरिक डसेलको भनाई छ—“सहरको पुरानो अमिर अमेरिकालाई यहाँ नयाँ आएको अमिर चीनले दिक्क बनाएको छ । नत मेक्सिकोको पुरानो वा नयाँ प्रशासनलाई नै यसलाई कसरी सम्बोधन गर्ने भन्ने अनुभव नै छ ।”

अमेरिका र मेक्सिकोमा चुनाव आइरहेको छ । अब नयाँ राजनीतिक अवस्था उत्पन्न हुन सक्नेछ । अमेरिकामा ट्रम्प आए पनि वा वाइडेन दोहोरिएपनि चीनसँगको सम्बन्ध राम्रो हुने सम्भावना छैन । 

डसेल भन्छन्, “नियरशोरिंगलाई सेक्युरिटी शोंरिगको हिसाबले बृहत रुपमा परिभाषित गर्ने सम्भावना रहेको छ ।”

उनका अनुसार अमेरिकाले चीनसँग जोडिएका सबै कुरालाई आफ्नो सुरक्षासँग जोड्दै आइरहेको छ । मेक्सिकोले यो कुरामा ध्यान दिनुपर्ने छ कि आफू बीचमा फस्नु नपरोस् । यावत् कुराका बावजुद मेक्सिकोले चीनलाई आफ्नो भूमिमा स्वागत गरेको छ । यो निकै ठूलो सन्देश हो । 

उनको भनाई छ, “यो कुरा बुझनका लागि तपाईलाई पीएचडी गर्नु आबश्यक छैन । केही समयपछि नै अमेरिका र मेक्सिकोबीचको सम्बन्ध राम्रो रहनेछैन ।”

यद्यपि कतिपय मानिस भने निकै आशावादी रहेका छन् । एक विज्ञ जुआन कार्लोस भन्छन्, “सवाल यो होइन कि ट्रेन्ड आगामी दिनमा यही रहन्छ कि रहँदैन तर सवाल यो हो कि हामीले कहिले सम्म यसको फाइदा लिन सक्छौं ।”
उनी भन्छन्, “मलाई थाहा छ कि कोलम्बिया, भियतनाम र कोस्टारिकामा यसबारेमा कुरा भइरहेको छ । हामीलाई यो कुरा तय गर्नुछ कि मेक्सिकोमा सरकार र कम्पनीबीच तालमेल बनिरहेको छ । सरकारको नीति यस्तो भइरहोस ताकि लगानीको क्रम जारी रहोस् ।”

यसबीचमा मेक्सिकोले मैन वाहको फर्निचर फ्याक्ट्रीको फिनिशिङ्ग टच गरिरहेको छ । 

जब कोही अमेरिकी परिवार आफ्नो वालमार्ट स्टोरमा यी फर्निचर खरिद गरेर लैजान्छ उसलाई सायद नै यसको उत्पादनको ‘जियोपोलिटिकल’ जटिलताबारे जानकारी हुन्छ ।

यद्यपि नियरशोरिंग अमेरिकी मार्केटमा पछिल्लो ढोकाबाट घुस्ने प्रयास हो या फेरि दुई महाशक्ति बीचको महंगो युद्धको हिस्सा । जेभएपनि ग्लोबल कारोबारको प्रतिकुल समयमा मेक्सिकोको लागि यो फाइदाजनक नै रहेको बीबीसीमा प्रकाशित समाचारमा उल्लेख छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  ०८:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !