site stats
बाह्रखरी :: Baahrakhari
देश
बागलुङका चार स्थानीय तहमा अन्तरपालिका नगर बस सञ्चालन गरिँदै
प्रतीकात्मक तस्बिर ।

ढोरपाटन (बागलुङ) । पश्चिम बागलुङका चार पालिकाले संयुक्तरूपमा नगर बस सञ्चालन गर्ने भएका छन् । जिल्लाको गलकोट नगरपालिका, ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र बडिगाड गाउँपालिकाले नगर बस सञ्चालन गर्ने भएका हुन् ।

गलकोट नगरपालिकाको घोडाबाँधेदेखि निसीखोला गाउँपालिकाको पातिहाल्नेसम्म अन्तरपालिका साझेदारीमा नगर बस सञ्चालन गरिने बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिइन् । नागरिकको सहजताका लागि करिब ६५ किलोमिटर मध्यपहाडी लोकमार्ग क्षेत्रमा नगर बस सञ्चालन गर्ने गरी तयारी गरेको अध्यक्ष थापाले बताइन् । आगामी असोज १ गतेदेखि सञ्चालन गर्ने गरी पहिलो चरणमा दुई वटा बस खदिर गरेर सञ्चालन गरिने उनको भनाइ छ ।

अध्यक्ष थापाले भनिन्, “चारवटा पालिकाका जनप्रतिनिधि बसेर छलफल गरी सकेका छौँ, अब छिट्टै बसको लागत स्टिमेट तयार गरी खरिद प्रक्रियामा अगाडि बढ्ने छौँ । चारवटै पालिकाको निर्णयअनुसार नै नगर बस सञ्चालन गरिने भएको हो । पहिलो चरणको छलफल गरेर एउटा निचोड निकाल्ने गरी तयारी थालेका छौँ, सबै पालिकाका जनप्रतिनिधि सकारात्मक हुनुभएको छ ।”

गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले अन्तरपालिका नगर बस सञ्चालन गर्नका लागि एक महिनाभित्रमा प्रारम्भिक प्रतिवेदन तयार गर्न पाँच सदस्यीय कार्यदल गठन गरेको बताए । कार्यदलको प्रतिवेदनअनुसार नगर बस सञ्चालनको कामलाई अगाडि बढाइने प्रमुख गैरेको भनाइ छ । नगर बस सञ्चालनमा आए सार्वजनिक सवारी साधानको भन्दा भाडा दर कम हुने र नागरिकलाई सहज हुने प्रमुख गैरे बताउँछन् ।

Global Ime bank

बस सेवा सञ्चालनमा आए विद्यार्थी, ज्येष्ठ नागरिक, कर्मचारीलाई विशेष छुटको व्यवस्था हुने बताइएको छ । बागलुङमा पहिलोपटक नगर बस सञ्चालन हुन लागेको हो । नगर बस सेवाले बागलुङ, पूर्वी रुकुम र रोल्पाको सिमानादेखि घोडाबाँधेसम्मका नागरिकले सेवा लिन पाउने छन् । रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  २३:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu