site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
इटहरीमा लुटपाटमा संलग्न सातजना पक्राउ

धरान । सुनसरीको इटहरी उपमहानगरपालिका क्षेत्रमा लुटपाट गर्ने सातजनालाई प्रहरीले पक्राउ गरेको छ । इटहरीको प्रमुख धार्मिकस्थलमा पर्यटकलाई आतंकित पारी लुटपाट गर्ने सातजनाको समूहलाई शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए ।

झापाको बाह्रदशी गाउँपालिका–३, राजगढका २२ वर्षीय अमन भगत र २३ वर्षीय निखिल भगतलाई तालतलैया घुम्न आएको समयमा बाटो छेकेर चक्कु देखाउँदै दुई लाख रुपैयाँ लुटपाट गरी उनीहरू फरार भएका थिए । पीडितले इलाका प्रहरी कार्यालय इटहरीमा निवेदन दिएपछि लुटपाटमा संलग्नलाई खोजी गरी पक्राउ गरिएको उपरीक्षक भण्डारीले बताए ।

प्रहरीका अनुसार, सुनसरीकै रामधुनी नगरपालिका–३ का २२ वर्षीय अनिस कोइराला र १९ वर्षीय शुसन थापा पक्राउ परेका छन् । यस्तै, इटहरी–४ का २४ वर्षीय विशाल तामाङ, १८ वर्षीय सुनील बस्नेत र १८ वर्षीय निश्चल बस्नेत, इटहरी–७ का १८ वर्षीय साकार भण्डारी र इटहरी–१६ का १८ वर्षीय रिचन खत्री पक्राउ परेका छन् ।

उनीहरूका साथबाट तीन लाख २५५ रुपैयाँ नगदसहित चक्कु, मोबाइल बरामद गरिएको उनले बताए ।

पक्राउ परेका सातैजनालाई सुनसरी जिल्ला अदालतमा पेस गरी पाँच दिनको म्याद थप गरेर इलाका प्रहरी कार्यालय इटहरीमा राखी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । रासस
 

प्रकाशित मिति: शनिबार, भदौ २२, २०८१  २०:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro