site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पहिरोले अवरुद्ध पासाङल्हामु मार्ग सञ्चालनमा
प्रतीकात्मक तस्बिर ।

रसुवा । भारी वर्षासँगै खसेको पहिरोका कारण अवरुद्व भएको रसुवाको पासाङल्हामु मार्ग सञ्चालनमा ल्याइएको छ । सडकमार्ग सञ्चालनमा ल्याइएसँगै ग्राङ र ठाडेबीच मूलखर्क भन्ने स्थानमा अलपत्र यात्रुवाहक बसलगायत सयौँ सवारीसाधन आफ्नो गन्तव्यतर्फ गइसकेका छन् ।

शुक्रबार रातिको वर्षाका कारण पहिरोसँगै बगेको ढुंगा सडक सतहमा थुप्रिएको थियो । नुवाकोटदेखि स्काभेटरसहितको ब्रेकर झिकाई दिनभरको प्रयासबाट ढुंगा फुटालेर सडक सफा गरी पूर्ण रूपमा सवारी आवागमन सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताए ।

सडक सञ्चालनसँगै चीनको मानसरोवर कैलाश र रसुवाको गोसाइँकुण्ड जाने यात्रु तथा स्थानीय नागरिक र चिनियाँ सामान आयातका निम्ति ढुवानी गर्ने कन्टेनर आफ्नो गन्तव्यतर्फ गइसकेका ट्राफिक प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी, नेपाल प्रहरीले पहिरोस्थलमा दिनभर ओहोरदोहोर गर्ने यात्रुलाई सहजीकरण गरेका जनाइएको छ । रासस

प्रकाशित मिति: शनिबार, भदौ २२, २०८१  २०:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro