site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पञ्जावविरुद्ध राजस्थान तीन विकेटले विजयी

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सले पञ्जाव किंग्सविरुद्ध तीन विकेटको रोमाञ्चक जित निकालेको छ । शनिबार मुल्लानपुरमा भएको खेलमा पञ्जावले प्रस्तुत गरेको १४८ रनको लक्ष्य राजस्थानले १९.५ ओभरमा सात विकेट गुमाएर पूरा गरेको हो ।

राजस्थानलाई जितका लागि अन्तिम ओभरमा १० रन आवश्यक हुँदा सिम्रन हेटमायरले पञ्जावका अर्शदीप सिंहले गरेको ओभरको तेस्रो बलमा छक्का, चौथो बलमा दुई रन र पाँचौँ बलमा पनि छक्का प्रहार गर्दै जित निश्चित गरेका हुन् ।राजस्थानलाई जित दिलाउन ओपनर यसश्वी जैसवालले सर्वाधिक ३९ रन बनाए । हेटमायरले २७, टानुस काटिआनले २४, रियान परागले २३ र कप्तान सन्जु सामसनले १८ रन जोडे ।

पञ्जावका कागिसो रवाडा र साम करनले समान दुई विकेट लिए । यस्तै, अर्शदीप सिंह, लियम लिभिङस्टोन र हर्शल पटेलले एक–एक विकेट लिए ।

त्यसअघि टस हारेर सुरुवाती ब्याटिङ गरेको पञ्जावले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १४७ रनको योगफल खडा गरेको थियो । 

पञ्जावका आशुतोष शर्माले सर्वाधिक ३१ रन बनाएका थिए । जितेश शर्माले २९, लियम लिभिङस्टोनले २१ रन थपे ।राजस्थानका आवेस खान र केशव महराजले समान दुई विकेट लिएका हुन् । 

जितसँगै ६ खेलबाट १० अंक जोडेको राजस्थानले शीर्ष स्थानमा चार अंकको अग्रता बनाएको छ । ६ खेलबाट चार अंक जोडेको पञ्जाव तालिकाको आठौँ स्थानमा छ ।
 

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  ०९:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro