site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
थाइल्यान्डमा सागरको तीन राष्ट्रिय कीर्तिमान
Sarbottam CementSarbottam Cement

काठमाडौं । थाइल्यान्डको फुकेटमा भएको आईडब्लूएफ वर्ल्ड कपमा नेपाली भारोत्तोलन खेलाडी सागर भण्डारीले तीन नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । पुरुष १०९ केजीमाथि तौल समूहमा सागरले ३ राष्ट्रिय कीर्तिमान रचेको नेपाल भारोत्तोलन संघका अध्यक्ष राम श्रेष्ठले जनाएका छन् ।

सागरले स्न्याचमा १३४ केजी, क्लिन एन्ड जर्कमा १७२ केजी र कुलमा ३०६ केजी भार वहन गर्दै आफ्नै नाममा रहेको तीनै राष्ट्रिय कीर्तिमानमा सुधार गरेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

सागरको नाममा स्न्याच १३३ केजी, क्लिन एन्ड जर्कमा १७१ केजी र कुलमा ३०३ केजीको राष्ट्रिय कीर्तिमान थियो । स्न्याच र कुलमा सागरले १९औँ एसियाली खेलकुदमा राष्ट्रिय कीर्तिमान बनाएका थिए ।

क्लिन एन्ड जर्कको राष्ट्रिय कीर्तिमान सागरले उज्वेकिस्तानमा भएको एसियाली भारोत्तोलन च्याम्पियनसिपमा रचेका थिए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  २१:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement