site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
एआईपीएस एसियाको कंग्रेस नेपालमा हुने  
Sarbottam CementSarbottam Cement

काठमाडौं । एसियाली खेलकुद पत्रकार महासंघ (एआईपीएस एसिया)को २५औँ कंग्रेस आउँदो भदौ अन्तिम हप्ता नेपालमा हुने भएको छ ।

स्पेनको सान्ता सुसानामा बसेको एआईपीएस एसियाको बैठकबाट नेपाल खेलकुद पत्रकार मञ्चले कंग्रेस आयोजनाको जिम्मा पाएको हो । बैठकमा नेपालसँगै मलेसिया र कीर्गिस्तानका तर्फबाट दाबी पेस गरिएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपाल खेलकुद पत्रकार मञ्चले यसअघि सन् २०१६ मा एआईपीएस एसियाको केन्द्रीय कार्यसमितिको बैठक आयोजना गरेको थियो ।

एआईपीएस एसियाको कंग्रेस आयोजनाको नेपालले पाएको यो पहिलो अवसर हो । एआईपीएस एसियाको कंग्रेसमा ३० बढी एसियाली राष्ट्रका खेलकुद पत्रकार उपस्थित हुनेछन् । अरू पाहुना राष्ट्रका पत्रकार पनि सहभागी हुने जनाइएको छ ।

Global Ime bank

यस्तै, अर्को वर्षको कंग्रेस आयोजना गर्ने जिम्मा हङकङ स्पोर्ट्स प्रेस एसोसिएसनलाई दिइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १३:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय