site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
अन्तिम खेलअगावै वेस्ट इन्डिजले जित्यो ट्वान्टी–२० शृंखलाको उपाधि 

काठमाडौं । चौथो खेलमा २८ रनको जित निकाल्दै नेपालसँगको ट्वान्टी–२० शृंखला अन्तिम खेलअगावै वेस्ट इन्डिज ‘ए’ ले जितेको छ ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा वेस्ट इन्डिजले प्रस्तुत गरेको २१० रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभर खेले पनि १८१ रनमात्र बनाउन सक्यो । जितसँगै वेस्ट इन्डिजले ३–१ को अग्रतासहित शृंखला पक्का गरेको हो । अब यी दुई टिमबीचको अन्तिम खेल शनिबार हुनेछ ।

नेपालका कप्तान रोहितकुमार पौडेलले ८२ रन बनाए पनि टिमको हार टार्न सकेनन् । उनले ४७ बलमा सात चौका र पाँच छक्का प्रहार गरे । यसबाहेक, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी र गुल्सन झाले समान १९ रन बनाए । अभिनाश बोहराले १७ रन जोडे ।

वेस्ट इन्डिजका म्याथ्यु फार्डे र हाइदेन वाल्सले समान तीन विकेट लिए । गुडाकेस मोटी र फाबियन एलनले समान दुई विकेट हात पारे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २०९ रन बनाएको थियो ।

वेस्ट इन्डिजका फ्लेचरले सर्वाधिक ८४ रन बनाए । उनले ४६ बलमा आठ चौका र ६ छक्का प्रहार गरे । ९–१ को अवस्थामा ब्याटिङका लागि आएका फ्लेचरले दोस्रो विकेटका लागि जोनसन चार्ल्ससँग ९२ रनको साझेदारी गरेका थिए । 

चार्ल्सले ३० बलमा तीन चौका र ६ छक्कासहित ५८ रन बनाए । फाबियन एलनले १९ बलमा दुई चौका र तीन छक्कासहित ३३ रन थपे ।

नेपालका कुशल भुर्तेलले दुई र प्रतिश जिसीले एक विकेट लिए । नेपालले यसअघि तीनमध्ये दुई खेलमा हार र एक खेलमा जित निकालेको थियो । शृंखलाको पहिलो खेलमा नेपाल चार विकेटले विजयी हुँदा दोस्रो खेलमा १० रन र तेस्रो खेलमा ७६ रनले पराजित भएको थियो ।

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १५:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro