site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
डेढ लाख घुस लिएको आरोपमा पोखरा महानगरका इन्जिनियरसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा 

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरपालिकाका इन्जिनियर शिवप्रसाद बरालसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सेवाग्राहीबाट उनीहरूले डेढ लाख रुपैयाँ घुस लिएको पुष्टि भएको जनाउँदै अख्तियारले बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

अख्तियारले मुद्दा दायर गरेका अन्यमा पोखरा महानगरपालिकाका सबइन्जिनियर उषाकिरण रोकाया र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवर रहेका छन् ।

पोखरा महानगरपालिकामा रोकाया र कुँवरसहितले घर निर्माण सम्पन्न प्रमाणपत्र दिलाउने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेको उजुरी परेपछि अख्तियारले उनीहरूमाथि निगरानी बढाएको थियो ।

पोखरास्थित अख्तियारको कार्यालयबाट खटिएको टोलीले २०८० चैत २८ गते उनीहरूलाई सेवाग्राहीबाट एक लाख ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानका क्रममा उक्र घटनामा पोखरा महानगरपालिकाका इन्जिनियर बरालको पनि संलग्नता पाइएको अख्तियारले बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ ।

अनुसन्धानमा रोकाया र कुँवरसमेतको मिलेमतोमा घर निर्माण सम्पन्न प्रमाणपत्र दिनका लागि तीन लाख ५० हजार रुपैयाँ घुस मागेको र दुई लाख रुपैयाँ इन्जिनियर बरालले बुझेको पाइएको अख्तियारले जनाएको छ ।

अख्तियारले दायर गरेको मुद्दामा उनीहरूसँग तीन लाख ५० हजार रुपैयाँ बिगो दाबी गरेको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १७:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro