site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
चार्ल्स र फ्लेचरको अर्धशतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २१० रनको लक्ष्य 

काठमाडौं । जोन्सन चार्ल्स र आन्द्रे फ्लेचरको अर्धशतकप्रेरित वेस्ट इन्डिज ‘ए’ ले चौथो ट्वान्टी–२० खेलमा नेपालसामु २१० रनको लक्ष्य प्रस्तुत गरेको छ । 

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २०९ रन बनाएको हो ।

Dabur Nepal
NIC Asia

वेस्ट इन्डिजका फ्लेचरले सर्वाधिक ८४ रन बनाए । उनले ४६ बलमा आठ चौका र ६ छक्का प्रहार गरे । ९–१ को अवस्थामा ब्याटिङका लागि आएका फ्लेचरले दोस्रो विकेटका लागि जोन्सन चार्ल्ससँग ९२ रनको साझेदारी गरेका थिए । 

चार्ल्सले ३० बलमा तीन चौका र ६ छक्कासहित ५८ रन बनाए । फाबियन एलनले १९ बलमा दुई चौका र तीन छक्कासहित ३३ रन थपे ।

नेपालका कुशल भुर्तेलले दुई र प्रतिश जिसीले एक विकेट लिए ।

शृंखला बराबरी गर्न आज नेपाललाई जित्नै पर्ने दबाब छ । नेपालले यसअघि तीनमध्ये दुई खेलमा हार र एक खेलमा जित निकालेको थियो । आजको खेलमा जित निकाले वेस्ट इन्डिज ‘ए’ ले अन्तिम खेल अगावै शृंखलाको उपाधि जित्नेछ ।

यसअघि पहिलो खेलमा नेपाल चार विकेटले विजयी हुँदा दोस्रो खेलमा १० रन र तेस्रो खेलमा ७६ रनले पराजित भएको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १३:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro