site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
भुक्तानी नपाएपछि भारतले रोक्यो ब्यान्डविथ, नेपालको ८० प्रतिशत इन्टरनेट बन्द
Sarbottam CementSarbottam Cement

काठमाडौं । भारतको दूरसञ्चार कम्पनी एयरटेलले नेपालका इन्टरनेट सेवा प्रदायकलाई दिँदै आएको व्यान्डविथ आपूर्ति रोकेपछि नेपालमा धेरैजसो इन्टरनेट सेवा अवरुद्ध भएको छ ।

इन्टरनेट सेवा प्रदायक संघ नेपाल आइस्पानका एक अधिकारीले एयरटेलले व्यान्डविथ आपूर्ति रोकेको पुष्टि गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

“नेपालका इन्टरनेट सेवा प्रदायकको ८० प्रतिशत भन्दा बढी आपूर्ति एयरटेलबाट हुने गरेको छ, उसले आपूर्ति रोकेको जानकारी औपचारिक र अनौपचारिक दुवै तरिकाले दिइसकेको छ,” आइस्पानका एक अधिकारीले बाह्रखरीसँग भने ।

बिहीबार दिउँसोदेखि नेपालका विभिन्न इन्टरनेट सेवा प्रदायकको इन्टरनेटमा समस्या देखिएको छ ।

Global Ime bank

वर्ल्डलिंक, भायानेट, सुबिसुलगायत इन्टरनेट सेवा प्रदायकको इन्टरनेट स्लो हुने तथा चल्दै नचल्ने समस्या देखिएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले इन्टरनेट सेवा प्रदायकले ब्यान्डविथ आयात गरेबापत भारतीय कम्पनीलाई तिर्नुपर्ने रकम तिर्न सिफारिस गरेको छैन । यसो हुँदा उनीहरूले भारतीय कम्पनीलाई भुक्तानी गर्न सकेका छैनन् ।

सरकारलाई बक्यौता नतिरेको भन्दै सञ्चार मन्त्रालयले विदेशी मुद्रा सिफारिस नगरिदिएको हो ।

सेवा प्रदायकहरूले आफूहरूले बक्यौता तिर्न बाँकी नरहेको दाबी गर्दै आएका छन् । यस्तोमा सरकारले भुक्तानी गर्न नदिँदा इन्टरनेट बन्द हुन सक्ने चेतावनी उनीहरूले दिएका थिए । अहिले भने एयरटेलले आपूर्ति नै रोकिदिएको हो । टाटा र अन्य भारतीय कम्पनीबाट पनि सेवा प्रदायकले ब्यान्डविथ आयात गर्ने गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १७:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय