site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
नेपालमा धेरै जसो इन्टरनेट ‘डाउन’, के हो समस्या ? 
प्रतीकात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपालका विभिन्न इन्टरनेट सेवा प्रदायकको इन्टरनेटमा समस्या देखिएको छ । बिहीबार दिउँसोदेखि इन्टरनेटमा समस्या देखिएको हो । वर्ल्डलिंक, भायनेट, सुबिसुलगायत इन्टरनेट सेवा प्रदायकको इन्टरनेट ‘स्लो’ हुने, चल्दै नचल्ने समस्या देखिएको छ । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले इन्टरनेट सेवा प्रदायकले ब्यान्डविथ आयात गरेबापत भारतीय कम्पनीलाई तिर्नुपर्ने रकम तिर्न सिफारिस गरिएको छैन । यसो हुँदा उनीहरूले भारतीय कम्पनीलाई भुक्तानी गर्न सकेका छैनन् । सरकारलाई बक्यौता नतिरेको भन्दै सञ्चार मन्त्रालयले विदेशी मुद्रा सिफारिस नगरिदिएको हो । सेवा प्रदायकहरूले आफूहरूले बक्यौता तिर्न बाँकी नरहेको दाबी गर्दै आएका छन् । यस्तोमा सरकारले भुक्तानी गर्न नदिँदा इन्टरनेट बन्द हुनसक्ने चेतावनी उनीहरूले दिएका थिए । 

अहिले विदेशी कम्पनीहरूले नै ब्यान्डविथ दिन रोक लगाएर इन्टरनेट बन्द भएको हो कि भन्ने आशंका समेत हुन थालेको छ । यद्यपि, कारण पुष्टि हुन सकेको छैन ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १७:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय