site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वेस्ट इन्डिज ‘ए’ले पहिलो पावर प्लेमा बनायो ६० रन

काठमाडौं । नेपालसँगको चौथो खेलमा वेस्ट इन्डिज ‘ए’ले पहिलो ब्याटिङ पावर प्लेमा ६० रन बनाएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको वेस्ट इन्डिजले पहिलो ६ ओभरको समाप्तिमा एक विकेट गुमाएर ६० रन बनाएको हो ।

हाल वेस्ट इन्डिजबाट क्रिजमा रहेका आन्द्रे फ्लेचर र जोन्सन चार्ल्सले क्रमशः १७ र ३४ रन बनाएका छन् ।

नेपालका प्रतिश जिसीले एक विकेट लिए ।

शृंखला बराबरी गर्न आज नेपाललाई जित्नैपर्ने दबाब छ । नेपालले यसअघि तीनमध्ये दुईमा हार र एक खेलमा जित निकालेको थियो । आज विजयी भए वेस्ट इन्डिज ‘ए’ले अन्तिम खेलअगावै शृंखलाको उपाधि जित्नेछ ।

पहिलो खेलमा नेपाल चार विकेटले विजयी भएको थियो । दोस्रोमा नेपाल १० र तेस्रो खेलमा ७६ रनले पराजित भएको थियो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १२:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro