site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
हाम्रो नयाँ कृषि सहकारीका उपाध्यक्षसहित तीनजना पक्राउ

काठमाडौं । हाम्रो नयाँ कृषि सहकारी ठगी प्रकरणमा उपाध्यक्ष लिलाबहादुर गुरुङसहित तीनजना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले तीन जनालाई पक्राउ गरेर ठगीको कसुरमा अनुसन्धान अघि बढाएको छ ।

सीआईबीका प्रमुख एआईजी श्यामलाल ज्ञावालीका अनुसार पक्राउ पर्नेमा उपाध्यक्ष गुरुङसहित कोषाध्यक्ष नवीन अछामी र सञ्चालक समितिका सदस्य रामहरि अधिकारी छन् । उनीहरूलाई काठमाडौंको विभिन्न ठाउँबाट पक्राउ गरिएको ज्ञवालीले जानकारी दिए ।

यस सहकारीका अध्यक्ष भने गितेन्द्रबाबु (जीबी) राई छन् । उनी फरार सूचीमा छन् ।

त्यस्तै, यस सहकारीमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीको पनि नाम जोडिएको छ । अर्याल यसअघि उपाध्यक्ष भएर काम गरेका थिए भने बुर्लाकोटी सञ्चालक समितिमा थिए । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १८:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu