site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
अझै सुरु भएन कांग्रेसको कार्यसम्पादन बैठक, फर्किन थाले नेताहरू
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन बैठक निर्धारित समयमा सुरु हुन नसकेपछि बैठकका लागि पुगेका नेताहरू फर्किन थालेका छन् ।

पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आज दिउँसो २ बजे बस्ने गरी कार्यसम्पादन बैठक बोलाइएको थियो । तर, अपराह्न ५ बजेसम्म पनि बैठक सुरु हुन नसकेपछि नेताहरू फर्किन थालेका हुन् ।

नेताहरू गोपालमान श्रेष्ठ, नारायण खड्का, रमेश रिजाल, विजयकुमार गच्छदारसहित नेताहरू बूढानीलकण्ठबाट निस्किएका छन् ।

"२ बजे बोलाइएको बैठक समयमा सुरु हुनुपर्‍यो । नभएपछि हामी हिँड्यौ," नेता अर्जुननरसिंह केसीले भने ।

Global Ime bank

उनका अनुसार सभापति देउवाले अहिले पार्टीका पदाधिकारीहरूसँग छलफल गरिरहेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १६:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu