खेल

काठमाडौं । त्रिकोणात्मक सिरिजअन्तर्गत आज नेपाल र भारतीय क्लब गुजरातबीच प्रतिस्पर्धा हुँदै छ ।
खेल आज दिउँसो पौने ३ बजेबाट मेघपन स्पोर्ट्स लाइफ ग्राउन्डमा हुनेछ । नेपाल, गुजरात र बरोडाबीच हुने त्रिकोणात्मक सिरिज डबल राउन्ड रोबिनमा हुनेछ ।
नेपालले ओमानमा हुने एसीसी प्रिमियर कपको तयारी स्वरुप सिरिज खेल्दैछ । नेपालले दोस्रो खेल चैत २० मा बरोडासँग खेल्नेछ । चैत २१ मा गुजरातसँग खेल्नेछ ।
त्यस्तै, सिरिजको अन्तिम खेल चैत २३ मा बरोडासँग खेल्नेछ । फाइनल चैत २५ मा हुनेछ । शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।
प्रकाशित मिति: आइतबार, चैत १८, २०८० ०८:५७
प्रतिक्रिया दिनुहोस्