देश

खलंगा (दार्चुला) । दार्चुलाको महाकाली नगरपालिका– ६ मा ढुंगा लागेर गम्भीर घाइते प्रहरी जवान दीपेन्द्र पालको उपचारका क्रममा मृत्यु भएको छ । मंगलबार बिहान ‘निसिलको थागिल’ भन्ने स्थानमा खर काट्न गएको बेला माथिबाट खसेको ढुंगा टाउकोमा लागेपछि पाल गम्भीर घाइते भएका थिए ।
स्थानीयले तत्काल उद्धार गरी जिल्ला अस्पताल दार्चुला पुर्याए पनि उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक छत्रबहादुर रावतले जानकारी दिए । पाल केही दिनअगाडि मात्रै बिदामा घर आएका थिए । रासस
प्रकाशित मिति: मंगलबार, असार ३, २०८२ १८:४५
प्रतिक्रिया दिनुहोस्