site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
आरोही कल्याणकारी कोष स्थापना गर्दै छौँ : मन्त्री पाण्डे
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सरकारले आरोही कल्याणकारी कोष स्थापना गर्ने तयारी गरिरहेको बताएका छन् । ७२औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस, २०८२ को सफल पार्न सहयोग गर्ने संस्थालाई सम्मान गर्न आयोजित कार्यक्रममा मन्त्री पाण्डेले कोष स्थापना गर्न लागेको बताएका हुन् ।

उनले पर्यटनसम्बन्धी नयाँ ऐन राष्ट्रिय सभामा दर्ता भइसकेको जानकारी दिए । ऐनमा हिमाल आरोहीहरूले लामो समयदेखि उठाउँदै आएको आरोही कल्याणकारी कोषको व्यवस्था गरिएको बताए ।

मन्त्री पाण्डेले सगरमाथाको अन्तर्राष्ट्रिय पहिचान ‘माउन्ट एभरेस्ट’को रूपमा भए पनि नेपालको सन्दर्भमा सगरमाथा भन्ने नाममै यसको मार्केटिङ गर्नुपर्ने धारणा राखे ।

प्रकाशित मिति: मंगलबार, असार ३, २०८२  १८:३२
प्रतिक्रिया दिनुहोस्