site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
आयरल्यान्ड वुल्भ्ससँग नेपाल ‘ए’ २१ रनले पराजित
Sarbottam CementSarbottam Cement

काठमाडौं । अन्तिम चार ओभरमा ३४ रन आवश्यक हुँदा ६ विकेट गुमाएपछि आयरल्यान्ड वुल्भ्सविरुद्ध नेपाल ‘ए’ २१ रनले पराजित भएको छ । 

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वुल्भ्सले प्रस्तुत गरेको २२३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १९.३ ओभरमा सबै विकेट गुमाएर २०१ रनमात्र बनाउन सक्यो । जितनजिक पुगेर हार बेहोर्दा नेपाली टिमबाट उत्कृष्ट ब्याटिङ गरेको लोकेश बमको शतक खेर गएको छ ।

१६ ओभरमा १८९–४ रनको सहज अवस्थामा रहे पनि यसपछि लगातार विकेट जाँदा नेपालले खेल गुमाएको हो । अन्तिम चार ओभरमा ३४ रन आवश्यक हुँदा नेपालले १६ ओभरपछि बाउन्ड्री नै प्रहार गर्न सकेनन् ।

Prabhu Bank
Agni Group
NIC Asia

Lokesh-bam-1711708361.jpg
 

नेपालका बमले १०६ रन बनाए पनि टिमको हार टार्न सकेनन् । उनले ५६ बलमा नौ चौका र आठ छक्का प्रहार गरे । लोकेशले ६८–३ को अवस्थाबाट आरिफ सेखसँग १२१ रनको साझेदारी गर्दै नेपालको इनिङ सम्हालेका थिए । अर्धशतक बनाउन एक रनले चुकेका आरिफले २७ बलमा एक चौका र पाँच छक्का प्रहार गरे । कप्तान विनोद भण्डारीले १६ रन थप्नुबाहेक नेपालका अन्य ब्याटरले भने व्यक्तिगत पाँच रन पनि बनाउन सकेनन् ।

Global Ime bank

नेपालका कुल चार ब्याटर डक भए । जसमध्ये दुई ब्याटर ‘गोल्डेन डक’ भए । तेस्रो नम्बरमा ब्याटिङका लागि आएका देव र आठौँ नम्बरका राशिद खान एक बलमा पभेलियन फर्किएका थिए । यस्तै, कमलसिंह ऐरीले तीन बल र हेमन्त धामीले दुई बल खेले पनि रनको खाता खोल्न भने सकेनन् ।

वुल्भ्सलाई रोमाञ्चक जित दिलाउन फियोन ह्यान्ड र म्याथ्यु हम्फ्रेसले समान तीन विकेट लिए । म्याथ्यु फोस्टरले दुई विकेट लिँदा थोमस मयेस र गाभिन होइले समान एक विकेट हात पारे ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको वुल्भ्सले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २२२ रनको योगफल खडा गरेको थियो ।

आयरल्यान्ड वुल्भ्सका पेठर मुरले ४९ रन बनाए । अर्धशतक बनाउन एक रनले चुकेका मुरले ३२ बलमा चार चौका र तीन छक्का प्रहार गरे । २–१ को कठिन अवस्थाबाट मुरले दोस्रो विकेटका लागि केड कार्माइकलसँग ८८ रनको साझेदारी गर्दै वुल्भ्सको इनिङ उकासेका हुन् ।

Nepal-A-Team_-1711705161.jpg
 

कार्माइकलले २९ बलमा चार चौका र एक छक्कासहित ३८ रन बनाए । कपन नेइल रकले २३ बलमा एक चौका र तीन छक्कासहित ३८ रन नै थपे । स्टेफन डोहेनीले ३४, ग्यारेथ डेलानीले ३० रन बनाउन गाभिन होइले १८ रन जोडे ।

नेपालका कमलसिंह ऐरीले तीन विकेट लिए । चार ओभर बलिङ गरेका कमलले ३९ रन खर्चिए । चोटका कारण दुई वर्षपछि टिममा पुनरागमन गरेका कमलले इनिङको दोस्रो बलमै विकेट लिएका थिए । यस्तै, उनले वुल्भ्सका स्टेफन डोहेनीलाई १४.४ ओभरमा र १८.१ ओभरमा नेइल रकलाई पभेलिएको दिशा देखाएका थिए ।

कीर्तिपुरमै दुई वर्षअघि भएको मलेसियाविरुद्धको खेलमा कलमको क्ल्याभिकल बोन (ब्युटी बोन) मा चोट लागेको थियो । त्यसयता मैदानबाट बाहिर रहेको कमलले वुल्भ्सविरुद्ध कप्तान विनोद भण्डारीबाट इनिङको पहिलो ओभर नै बलिङ गर्ने अवसर पाएका थिए ।

यसबाहेक, सागर ढकाल र आरिफ सेखले समान एक विकेट लिए । 

वुल्भ्सले नेपाल ‘ए’ सँग तीन ट्वान्टी–२० र एकदिवसीय खेलको शृंखला खेल्ने तालिका छ । यसअघि नेपाल ‘ए’ र वुल्भ्सबीचको ट्वान्टी–२० शृंखला बिहीबारदेखि सुरु हुने तालिका थियो । तर, पहिलो खेल वर्षा कारण सम्भव नभएपछि नेपाल क्रिकेट संघ (क्यान)ले नयाँ तालिका निकालेको हो ।

नयाँ तालिकामा क्यानले वुल्भ्ससँगको तीन खेलको ट्वान्टी–२० शृंखलालाई निरन्तरता दिएको छ । तालिकाअनुसार, नेपाल र वुल्भ्सले शनिबार दोस्रो र सोमबार तेस्रो खेल खेल्नेछन् । ट्वान्टी–२० शृंखलापछि यी दुई टिमले तीन खेलको एकदिवसीय शृंखलामा प्रतिस्पर्धा गर्नेछन् ।

एकदिवसीय शृंखला बुधबारदेखि सुरु हुनेछ । एकदिवसीय शृंखलाको पहिलो खेल बुधबार, दोस्रो शुक्रबार र तेस्रो आइतबार हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  १६:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC