site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
रोस्टन चेजको अर्धशतकमा वेस्ट इन्डिज ‘ए’ले नेपाललाई दियो २०५ रनको लक्ष्य
Sarbottam CementSarbottam Cement

काठमाडौं । कप्तान रोस्टन चेजको अर्धशतकप्रेरित वेस्ट इन्डिज ‘ए’ले घरेलु टोली नेपालविरुद्ध पहिलो ट्वान्टी–२० खेलमा २०५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २०४ रनको योगफल खडा गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

वेस्ट इन्डिज ‘ए’ का कप्तान चेजले ४५ बलमा नौ चौका र दुई छक्कासहित ७४ रन बनाए । चेजले १४६–४ को स्थितिबाट एडिम एलिनेसँग तेस्रो विकेटका लागि ५७ रनको साझेदारी गरेका थिए ।

ओपनर एलिक अथानाजेले २५ बलमा पाँच चौका र तीन छक्कासहित ४७ रन थपे । केसी कार्टीले ३८ रन थप्दा कडिम एलेयनेले १४ र एन्ड्रे फ्लेचेरले १३ रन बनाए ।

Global Ime bank

नेपालका कमलसिंह ऐरी, कप्तान रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी र अभिनाश बोहराले समान एक विकेट लिए । 

वेस्ट इन्डिज ‘ए’ विरुद्ध आज नेपाली टिममा अनिलकुमार साह, विवेक यादव र कमलसिंह ऐरीले मौका पाएका छन् । मुख्य प्रशिक्षक मोन्टी देसाईले आसिफ सेख, सोमपाल कामी र करण केसीको स्थानमा यी तीन खेलाडीलाई मौका दिएका हुन् ।

पहिलो पटक नेपाल भ्रमणमा आएको वेस्ट इन्डिज ‘ए’ले नेपालसँग पाँच खेलको ट्वान्टी २० शृंखला खेल्ने तालिका छ । आजको खेलपछि यी दुई टिमबीचको दोस्रो खेल भोलि (आइतबार) हुनेछ । यसपछि तेस्रो खेल बुधबार, चौथो खेल बिहीबार र पाँचौ तथा अन्तिम खेल शनिबार हुने तालिका छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  १४:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय