site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

विदेशबाट ब्यान्डविथ आयात गर्दा तिर्नुपर्ने शुल्क तिर्न सरकारले भाँजो हालेपछि नेपालमा इन्टरनेट सेवा कुनै पनि समय बन्द हुनसक्ने चेतावनी इन्टरनेट सेवाप्रदायक संघ नेपाल ९आईस्पान०ले दिएको छ । ब्यान्डविथको शुल्क तिर्न सेवा प्रदायकलाई सटही सुविधा दिन सरकारले सिफारिस नगरेपछि लामो समयदेखि भुक्तानी रोकिएको हो ।

सरकारले भने इन्टरनेट सेवा प्रदायकहरूले तिर्नुपर्ने कर भुक्तान नगरेकाले सिफारिस नदिएको दाबी गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार भने सेवा प्रदायकहरूले ग्रामीण दूरसञ्चार विकास कोष ९आरटीडीएफ० र रोयल्टी नतिरेकाले विदेशमा भुक्तानी गर्नुपर्ने रकमका लागि नेपाल राष्ट्र बैंकलाई सिफारिस गर्न रोकिएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

तिर्नै नपर्ने कर तिर्न सरकारले दबाब दिएको जिकिर सेवा प्रदायकहरूले गरेका छन् । अर्थात्, प्रचलित कानुनले त्यो कर तिर्नुपर्ने हो वा होइन भन्नेमा दुई पक्षका बीचमा विवाद देखियो । यस्ता विवादको विधिपूर्वक बेलैमा निकारण गर्ने मूल दायित्व भने सरकारकै हो । अर्थात्, अर्घेल्याइँ सरकारकै देखिन्छ ।

अर्कातिर नेपाल सरकार र नेपाली सेवा प्रदायक व्यवसायीबीचको विवादमा अर्को पक्षले पाउनुपर्ने रकम भुक्तानी रोक्नु यसै पनि न्यायसम्मत र विवेकपूर्ण हुँदैन । यसैले व्यवसायीको लोभ वा सरकारी अधिकारीको स्वार्थ एवं सनकका कारण ‘अत्यावश्यक सेवा’ बनिसकेको इन्टरनेट अवरुद्ध भए त्यो दुर्भाग्य हुनेछ ।

Global Ime bank

ब्यान्डविथ खरिद गरेबापतको रकम भुक्तान नभएमा सेवा रोकिन सक्छ । इन्टरनेट सेवा एक दिनमात्रै पनि रोकियो भने त्यसबाट व्यवसायीलाई मात्र होइन राष्ट्रिय अर्थतन्त्रमा नै ठूलै नोक्सानी हुन्छ । यसैले राष्ट्र बैंकलाई सिफारिस नगर्ने अड्को नथापीकन सरकारले पारस्परिक समझदारीमा समस्या समाधान गरोस् । लगानी सम्मेलनको पूर्वसन्ध्यामा सरकारले नै यस्तो झमेला गरेको थाहा पाए भने विदेशी लगानीकर्ताले के ठान्लान् ?  
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  १३:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement