site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
कप्तान रोहितले दिलाए नेपाललाई तेस्रो सफलता
Sarbottam CementSarbottam Cement

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको पहिलो ट्वान्टी २० खेलमा नेपालका कप्तान रोहितकुमार पौडेलले तेस्रो सफलता दिलाएका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर फिल्डिङमा आएको नेपालले ६.५ ओभरमा वेस्ट इन्डिजका एलिक एथनाजेलाई पभेलियन फर्काएको हो । ४७ रन बनाएका एथनाजेलाई रोहितले ललितनारायण राजवंशीबाट क्याच गराए । 

Prabhu Bank
Agni Group
NIC Asia

जारी खेलको सात ओभर समाप्त हुँदा वेस्ट इन्डिजले तीन विकेट गुमाएर ८७ रन बनाएको छ ।

नेपाली टिममा अनिलकुमार साह, विवेक यादव र कमलसिंह ऐरीले मौका पाएका छन् । मुख्य प्रशिक्षक मोन्टी देसाईले आसिफ सेख, सोमपाल कामी र करण केसीको स्थानमा यी तीन खेलाडीलाई मौका दिएका हुन् ।

Global Ime bank

पहिलो पटक नेपाल भ्रमणमा आएको वेस्ट इन्डिज ‘ए’ ले नेपालसँग पाँच खेलको ट्वान्टी २० शृंखला खेल्ने तालिका छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  १२:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement