site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वेस्ट इन्डिज ‘ए’ विरुद्ध अभिनाशले दिलाए नेपाललाई चौथो सफलता

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको पहिलो ट्वान्टी–२० खेलमा नेपालका अभिनाश बोहराले चौथो सफलता दिलाएका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर फिल्डिङमा आएको नेपालले १४.२ ओभरमा वेस्ट इन्डिजका केसी कार्टीलाई पभेलियन फर्काएको हो । ३८ रन बनाएका कार्टीलाई अभिनाशले दीपेन्द्रसिंह ऐरीबाट क्याच गराए । 

जारी खेलको १५ ओभर समाप्त हुँदा वेस्ट इन्डिजले चार विकेट गुमाएर १४८ रन बनाएको छ ।
 
नेपाली टिममा अनिलकुमार साह, विवेक यादव र कमलसिंह ऐरीले मौका पाएका छन् । मुख्य प्रशिक्षक मोन्टी देसाईले आसिफ सेख, सोमपाल कामी र करण केसीको स्थानमा यी तीन खेलाडीलाई मौका दिएका हुन् ।

पहिलो पटक नेपाल भ्रमणमा आएको वेस्ट इन्डिज ‘ए’ले नेपालसँग पाँच खेलको ट्वान्टी–२० शृंखला खेल्ने तालिका छ ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  १३:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro