विदेश
काठमाडौं । कुनै बेला विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज एफटीएक्सका संस्थापक साम बैंकम्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय तोकिएको छ ।
गत नोभेम्बर २ मा उनी ग्राहकको आठ अर्ब अमेरिकी डलर हिनामिना गरेको आरोपमा दोषी ठहर भएका थिए । म्यानहट्टन अदालतमा अमेरिकी जिल्ला न्यायाधीश लुइस कपलानले उनलाई सजाय सुनाएका हुन् ।
सन् २०२२ मा पतन भएको उनको एफटीएक्स कम्पनीबाट अमेरिकी इतिहासकै सबैभन्दा ठूलोमध्येको वित्तीय ठगी भएको भनिएको छ ।
३२ वर्षीय साम बैंकम्यान–फ्राइडले भने आपराधिक गल्ती स्वीकारेका छैनन् । उनले आफूमाथि तोकिएको सजायविरुद्ध पुनरावेदन गर्ने भनेका छन् ।
प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८० १५:५२
प्रतिक्रिया दिनुहोस्