site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘गाउँ आएको बाटो’को रिलिज डेट परिवर्तन, जेठ २५ गते प्रदर्शन हुने

काठमाडौं । नवीन सुब्बा निर्देशित सिनेमा ‘गाउँ आएको बाटो’को रिलिज डेट परिवर्तन भएको छ । जेठ १८ गते रिलिज हुने भनिएको यो चलचित्र अब जेठ २५ गते रिलिज हुनेछ । 

चलचित्रमा दयाहाङ राई, पशुपति राई तथा प्रसान राई प्रमूख भूमिकामा छन् ।

Dabur Nepal
NIC Asia

‘नुमाफुङ’ सिनेमा बनाएर फरक धारका सिनेमाका लागि प्रशंसा बटुलेका सुब्बाको यो तेस्रो सिनेमा हो । उनले बनाएको दोस्रो सिनेमा ‘गुडबाई काठमाडौं’ भने सार्वजनिक प्रदर्शनमा आएको छैन ।

टोरोन्टो र बुसान फिल्म फेस्टिभलमा समेत प्रशंसा बटुलेको ‘गाउँ आएको बाटो’को पटकथा निर्देशक सुब्बाले महेश राईसँगको सहकार्यमा लेखेका छन् । मेन्छ्याम फिक्चर्स तथा बाँसुरी फिल्मसको संयुक्त ब्यानरमा निर्माण भएको सिनेमाका निर्माता अमोद राई र निर्देशक सुब्बा हुन् । 

यो सिनेमाको अन्तर्राष्ट्रिय रिलिजको राइट्स सेभेन सिजले खरिद् गरेको छ । 

सिनेमाले पूर्वी नेपालको हिमाली क्षेत्रमा बाँसको चोयाबाट डोकाडालो बनाएर जीवन यापन गर्ने माइला (दयाहाङ राई), माइली (पशुपति राई) र उनीहरूको सात वर्षे छोरा बिन्द्रे ( प्रसान राई)को उक्त गाँउमा मोटरबाटो भित्रिएसँगै आएका आधुनिक परिवर्तन र संघर्षको कथा पेस गर्छ ।

सिनेमाले मूलपात्रले पछ्याउँदै आएको परम्परागत जीवनशैलीमाथि के गर्ने भनेर लिने निर्णयमा सिनेमाको कथा केन्द्रित छ । यसलाई बाबुआमासँगै उनीहरूको छोराले  विकाससँगै बदलिएको परिस्थितिमा नयाँ संसारमा कसरी घुलमिल हुन्छ र उसका सपना कसरी फेरिन्छन् भन्ने कथा सिनेमाले भन्ने निर्माण पक्षले जनाएको छ । 

सिनेमाको कार्यकारी निर्मातामा सञ्जु राई, देवराज राई, नरहाङ राई र भीम राई छन् । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  ११:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro