राजनीति
काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा उपनिर्वाचन जारी छ । बिहान ७ बजेबाट शान्तिपूर्ण ढंगबाट मतदान जारी रहेको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बाह्रखरीलाई जानकारी दिए ।
घिमिरेका अनुसार बिहान ११ बजेसम्म २५ प्रतिशत मत खसेको अनुमान छ । केही निर्वाचनस्थल भौगोलिक रूपमा ढाटा पर्ने भएकाले यकिन तथ्यांक भन्न समस्या भएको उनले बताए ।
हृदयघातका कारण २०८० भदौ २६ गते सुवासचन्द्र नेम्वाङको निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो । ४२ वडा रहेको निर्वाचन क्षेत्रमा ७९ मतदानस्थल रहेको छ । यी मतदान स्थलमा १४९ मतदान केन्द्रबाट आयोगले मतदान गराइरहेको छ ।
प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१ ११:३१
प्रतिक्रिया दिनुहोस्