site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
‘क्रिप्टो किङ’ फ्राइड दोषी ठहर, ११५ वर्ष जेल सजाय हुनसक्ने
Sarbottam CementSarbottam Cement

काठमाडौं । कुनै बेला विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज एफटीएक्सका संस्थापक साम बैंकम्यान–फ्राइड दोषी ठहर भएका छन् ।

साम बैंकम्यान–फ्राइडलाई न्युर्योकको म्यानहट्टन संघीय अदालतले बिहीबार ग्राहकलाई ठगी गरेका सम्बन्धी सात आरोपमा दोषी ठहर गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

कुनै बेला क्रिप्टो क्षेत्रका ‘राजा’ अथवा ‘क्रिप्टो किङ’समेत भनिएका ३१ वर्षीय पूर्वअर्बपति साम बैंकम्यान–फ्राइडलाई ११५ वर्षसम्म जेल सजाय हुनसक्ने बीबीसीले जनाएको छ । 

लगानीकर्ताको अरबौं रकम डुबाएपछि गतवर्ष आफ्नो कम्पनी कार्यालय एफटीएक्सबाटै उनी पक्राउ परेका थिए । सन् २०२५ को मार्च २८ देखि उनको सजायको फैसला सुरु हुनेछ ।

Global Ime bank

गतवर्ष उनको कम्पनी एफटीएक्सले अव्यवस्थित लगानीका कारण आफ्नो सम्पत्ति र ग्राहकको लगानी गरी ८ अर्ब अमेरिकी डलरभन्दा बढी रकम गुमाएको थियो । यो घटनाले क्रिप्टो उद्योगमा ठूलो झट्का लागेको थियो । 

क्रिप्टो एक्सचेन्ज कम्पनी एफटीएक्ससँग आबद्ध अलमिडा रिसर्चले ग्राहकले जम्मा गरेको रकम गैरकानुनी रूपमा लगानी वा प्रयोग गर्दै आइरहेको खुलासा भएको थियो । त्यसपछि ग्राहकले आफ्नो पैसा तत्काल फिर्ता माग्न थालेसँगै एफटीएक्स टाट पल्टिएको थियो । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  १३:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !