site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नेपाल ‘ए’ र आयरल्यान्ड वुल्भ्सबीचको खेल वर्षाले प्रभावित हुने सम्भावना छ ? 
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । घरेलु मैदानमा आयोजित ट्वान्टी–२० शृंखलामा नेपाल ‘ए’ले आज आयरल्यान्ड वुल्भ्सविरुद्ध पहिलो खेल खेल्दै छ । 

यसअघि आयरल्यान्ड वुल्भ्सले रोहितकुमार पौडेलको कप्तानिमा रहेको नेपाली राष्ट्रिय टिमसँग दुई ट्वान्टी–२० क्रिकेट खेलेको थियो । दुवै खेलमा हार व्यहोरेको आयरल्यान्ड वुल्भ्स आज पहिलो जितको खोजीमा हुनेछ । 

Prabhu Bank
Agni Group
NIC Asia

वुल्भ्सविरुद्ध नेपाल ‘ए’ विनोद भण्डारीको कप्तानीमा उत्रिनेछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल दिउँसो १ बजेदेखि सुरु हुनेछ । 

यसअघि नेपाल ‘ए’ र वुल्भ्सबीचको ट्वान्टी–२० शृंखला बिहीबारदेखि सुरु हुने तालिका थियो । तर, पहिलो खेल वर्षा कारण रद्ध भएको थियो । 

Global Ime bank

नेपाल ‘ए’ र आयरल्यान्ड वुल्भ्सबीचको पहिलो ट्वान्टी–२० खेल आज 

आज पनि काठमाडौंमा बिहानैबाट वर्षा भइरहेको छ । दिउँसो पनि वर्षाको सम्भावना छ । “बिहानैदेखि काठमाडौंमा वर्षा भइरहेको छ । केही ठाउँमा अहिले पनि वर्षा भइरहेको छ,” मौसमविद् गंगा नगरकोटी बाह्रखरीसँग भन्छिन्, “दिउँसो पनि काठमाडौंमा वर्षाको सम्भावना छ । दिनभरी लगातार वर्षा हुने होइन तर पानी पर्ने र रोकिने हुन्छ ।” उनका अनुसार १ देखि ३/४ बजेसम्म पानी पर्नेछ ।  

“कीर्तिपुर क्षेत्रतिर पनि दिउँसो वर्षाको सम्भावना छ । १ बजेपछि पनि बादल लाग्ने र वर्षा हुनेछ,” उनले भनिन्, “ठूलो वर्षा नहुने तर हल्का वर्षा हुनेछ ।” 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  ०७:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC